६ वैशाख २०८१ बिहीबार
अर्थ

निगमले ल्यायो चौथो चिनियाँ जहाज

फाइल तस्बिरः नेपाल वायु सेवा निगमले चीनबाट ल्याएकाे तेस्राे १७ सिटे जहाज 'काेइली'

काठमाडौं– नेपाल वायुसेवा निगमले चीनबाट चौथो जहाज काठमाडौं ल्याएको छ। चीनको कुन्मिङबाट सोमबार उडेको १७ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको जहाज बुधबार दिउँसो ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

‘चौथो चिनियाँ जहाज आएको छ,’ निगमका कर्पोरेट डेपुटी डाइरेक्टर शैलेश कंसाकारले नागरिकन्युजसँग भने, ‘यो जहाजले १० दिनपछि नियमित व्यावसायिक उडान सुरु गर्ने छ।’

उनका अनुसार यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन–एकेटी’ कलसाइन दिएको छ भने निगमले जहाजको नाम गौंथली राखेको छ।

उक्त जहाजलाई नेदरल्याण्डका क्याप्टेन रोबर्टुस भर्बोङ्क र को–पाइलट मार्क एबोन्चरले उडाएर काठमाडौं ल्याएका थिए।

कुन्मिङबाट सोमबार उडेको जहाज म्यानमारको रंगुन हुँदै मंगलबार भारतको कोलकाता आएको थियो। कोलकाताबाट बुधबार काठमाडौं आएको हो।

यसअघि गत शुक्रबार निगमले तेस्राे चिनियाँ जहाज एमए–६० ल्याएकाे थियाे।

नेपाल र चीनबीच करिब साढे ६ अर्ब रूपैयाँ बराबरकाे ऋण तथा अनुदान सम्झाैताअनुरूप याे जहाज अाएकाे हाे। अब निगमले यस्तै दुर्इ अाेटा जहाज ल्याउन बाँकी छ।
 

प्रकाशित: १९ माघ २०७३ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App