coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

साउदीमा दुई महिनाअघि मृत्यु भएका मण्डलको शव अझै परिवारले पाएनन्

राजविराज—वैदेशिक रोजगारीमा गएका एक युवाको शव दुई महिना बित्दा पनि परिवारले पाउन सकेको छैन। उनको शव नेपाल ल्याउन नसकिएको परिवारले जनाएको छ।

सप्तरीको वभनगामाकटृी गाविस–३ तोपा निवासी बहादुर मण्डलको मृत्यु भएको बुधबार दुई महिना पुगेको छ। अहिलेसम्म शव घर नआउँदा परिवारमा रुवावासी भएको पारिवारिक स्रोतले जनायो।

दुई महिनादेखि शव नआउँदा अधिकांश पुरुषले कपाल काटेका छैनन्। उनको अन्त्येष्टि नहुँदा गाउँमा रहेका छ परिवारमा धार्मिक कार्यसमेत रोकिएको छ।

फुसको छानो भएको घरलाई पक्की बनाउने तथा छोराछोरीको भविष्य राम्रो बनाउने र शिक्षादीक्षा दिने सपना साँचेर साउदी पुगेका मण्डललाई दुई महिना अगाडि पेट दुःखेपछि अस्पताल भर्ना गरिएको थियो। त्यहीँ उनको मृत्यु भएको थियो। 

काठमाडौँस्थित प्रिसियम इन्टरनेसनल प्रालि नामक म्यानपावरमार्फत साउदी अरब पुगेका मण्डलको शव नआउँदा परिवारमा रुवावासी छ। घरमा दुई छोरी र एक छोराको शिक्षादीक्षा तथा पालनपोषणमा समेत समस्या भइरहेको उनकी श्रीमती विमलादेवीले बताइन्।

मृत्यु भएलगत्तै सम्बन्धित निकायलाई जानकारी दिँदा पनि हालसम्म आफ्नो श्रीमान्‌को पाउन नसकेको विमलादेवीले बताइन्। 

यता दुई महिनादेखि शव नआउँदा अधिकांश पुरुषले कपाल काटेका छैनन्। उनको अन्त्येष्टि नहुँदा गाउँमा रहेका छ परिवारमा धार्मिक कार्यसमेत रोकिएको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले बताए। 

परिवारले नेपाल सरकारलाई शव ल्याइदिन आग्रहसमेत गरेको छ। रासस

प्रकाशित: १९ माघ २०७३ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App