बजार अनुगमनलाई देशव्यापी बनाउँछाैं– अापूर्ति मन्त्री पुन

बुधबार, २२ असार २०७३, १९ : ०६ नागरिक

काठमाडौँ–  आपूर्तिमन्त्री गणेशमान पुनले अनुगमनलाई प्रभावकारी बनाउन राज्य र नागरिक समाज दुबैको पनि सहयोग आवश्यक भएको बताएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाइमा आज ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको पानी उद्योगकोे स्थलगत अनुगमन गर्ने क्रममा मन्त्री पुनले आगामी दिन बजार अनुगमनलाई देशव्यापी बनाइने बताए।

उनले आफ्नो उत्पादनको नियमित प्रयोगशाला परीक्षण गर्न, उद्योगमा काम गर्दा पन्जा र टोपीको प्रयोग अनिवार्य गर्न र अन्य सरसफाइ व्यवस्थापनमा ध्यान दिन पनि पानी उद्योगीलाई निर्देशन दिए।

मङ्गलबार बल्खु तरकारी बजारमा अनुगमनकर्तामाथि भएको आक्रमणका घटनाका दोषीमाथि कारबाही गरिने पनि मन्त्री पुनले बताए।

आज अनुगमनका क्रममा उक्त स्थानको आइसक्रिम उद्योग र पशुपति फुड्स उद्योगको पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा पशुपति फुड्सको कार्यस्थलमा झिँगा परेर दूषित देखिएका करिब दुई लिटर मिठाइ बनाउने घ्यू नष्ट गरिनाका साथै व्यवस्थापन चुस्त बनाउन र कार्यस्थलमा स्वच्छता कायम राख्न निर्देशन दिइएको थियो ।

आपूर्ति व्यवस्थापन उपभोक्ताहित संरक्षण समितिका निर्देशक लक्ष्मण श्रेष्ठले पशुपति फुड्सका श्रमिकलाई नियुक्तिपत्र दिन र उपभोक्ताको हितमा नियमसम्मत ढङ्गले उद्योग सञ्चालन गर्न सुझाव दिएका थिए। उक्त उद्योग सञ्चालनसम्बन्धी कानुनी रुपमा कुनै कागजपत्र नदेखाएका कारण ती कागजपत्र तीन दिनभित्र लिएर आउन पनि उद्याग सञ्चालकलाई भनिएको थियो। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad