coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बोनम्यारो प्रत्यारोपण शतप्रतिशत सफल

काठमाडौं-नेपालमै पहिलोपटक बोनम्यारो प्रत्यारोपण सुरु गरेको सिभिल अस्पतालले अहिलेसम्म गरिएका सबै प्रत्यारोपण पूर्ण सफल भएको जनाएको  छ।

अस्पतालको हेमोटोलोजी विभाग प्रमुख डा. विशेष पौडेलका अनुसार यो सेवा सुरु गरेयता पाँच जनामा बोनम्यारो प्रत्यारोपण गरिएको र ती सबै सफल भएका छन् । ‘प्रत्यारोपण शतप्रतिशत सफल भएको छ’, पौडेलले भने । अस्पतालमा यो सेवा गत भदौदेखि सुरु भएको थियो।

ब्लड क्यान्सर, फालेसिमिया, प्लास्टिक एनिमिया, सिकलसेलजस्ता रगतसम्बन्धी रोग लागेको अवस्थामा बोनम्यारो प्रत्यारोपण गरिन्छ । यी रोगका कारण रगत उत्पादनमा समस्या भएपछि बोनम्यारो प्रत्यारोपण (रगत उत्पादन गर्ने  तŒव) प्रत्यारोपण गरिन्छ । यो तŒव मानिसको हड्डीको भित्री भागमा हुन्छ । एक मानिसको शरीरबाट बोनम्यारो निकालेर अर्कोमा प्रत्यारोपण गर्ने कार्यलाई एलोजेनिक र बिरामीकै बोनम्यारो निकालेर बिरामीमै प्रत्यारोपण गर्ने प्रक्रियालाई अटोलक्स ट्रान्सपलान्ट भनिन्छ।

नेपालमै पहिलोपटक सिभिल अस्पतालले यो सेवा  सुरु गरेको हो । यो सेवा लिन अन्य बिरामी पनि प्रतीक्षामा छन् । तुरुन्तै बोनम्यारो प्रत्यारोपणका लागि सात जना प्रक्रियामा आइसकेका छन् । अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने अवस्थाका २ सय बिरामी छन् । बोनम्यारो प्रत्यारोपणका लागि अस्पतालमा दुईवटा मात्र शड्ढया भएको र प्रत्यारोपण भएका बिरामी दुई महिनासम्म उपचारका लागि बस्नुपर्ने कारण कम संख्यामा प्रत्यारोपण हुन सकेको डा. पौडेलले जनाए । प्रत्यारोपणपछि पनि बिरामीलाई २४ सै घण्टा चिकित्सकको निगरानीमा राख्नुपर्छ । थालेसिमिया, सिकलसेल र प्लास्टिक एनिमियाका बिरामीमा प्रत्यारोपण भएमा ९० प्रीतशत निको हुन्छ भने ब्लड क्यान्सरका बिरामीमा ४० देखि ५० प्रतिशत मात्र निको हुने सम्भावना रहन्छ ।

उनका अनुसार थप शड्ढया र जनशक्ति उत्पादन गर्न सके अहिलेको तुलनामा धेरैलाई सेवा दिन सकिन्छ। यसका लागि अस्पतालका अन्य हेमाटोलोजिस्टलाई पनि तालिम दिने योजना छ।

अस्पतालले सबैभन्दा नयाँ प्रविधीबाट बोनम्यारो प्रत्यारोपण गर्ने भएकाले परम्परागत जटिल प्रक्रियाबाट बिरामी मुक्त भएको पौडेलले बताए । ‘सामान्य हातको नशाबाट प्रत्यारोपण गर्न सकिने प्रविधि छ, बेहोस पार्न पनि पर्दैन,’ उनले भने । अमेरिकाको सिकागोस्थित इलिनोयस एट सिकागो युनिभर्सिटीमा उपलब्ध प्रविधिकैस्तरमा यो सेवा अस्पतालले दिएको दाबी डा. पौडेलको छ । पौडेलका अनुसार आधुनिक प्रविधिबाट नेपालमै बोनम्यारो प्रत्यारोपण गरिने भएकाले अब यसका लागि विदेश जानुपर्दैन । बोनम्यारो प्रत्यारोपणका लागि ५ लाख रुपैयाँ खर्च लाग्छ । विदेश गएर उपचार गराउँदा भने १० लाख रुपैयाँभन्दा बढी खर्च बेहोर्नुपर्छ ।

प्रकाशित: १९ माघ २०७३ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App