८ वैशाख २०८१ शनिबार
अर्थ

हिमालय एयरलाइन्सले काठमाडाैं ल्यायाे दोस्रो विमान

काठमाडौं– नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि दोस्रो नयाँ विमान ए–३२० नेपाल ल्याएको छ। मंगलबार ११ बजे मा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गराएको उक्त विमान अवतरण गराइएको कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार हैम्बर्ग, जर्मनबाट उडान गरिएको, नाइनएन–एएलभी रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई पानीको फोहराद्वारा स्वागत गरिएको हो।  

स्वागत कार्यक्रममा संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक निर्देशक देवेन्द्र उपाध्याय र साथै प्राधिकरणका पदाधिकारीहरु सहभागी थिए।

उक्त नयाँ एअरबसको स्वागत कार्यक्रममा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ, जतिनदर पालसिंह ढिल्लनलगायत कम्पनिका वरिष्ठ पदाधिकारी सहभागी थिए।   

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एअरलाइन्सको समुह आगामी दिनमा ग्राहकलाई  उत्कृष्ट सेवा दिन अत्याधिक मेहनतका साथ प्रस्तुत हुने बताए। नेपाललाई नयाँ गन्तव्यसँग जोड्ने अवसर ल्याउनुका साथै नेपालको आर्थिक बृद्धिमा समेत नयाँ जहाजको भूमिका रहने उनले बताए।

स्थापनाको पहिलो वर्षमै दुईवटा विमान सञ्चालनमा आउनु हिमालय एयरलाइन्स तथा देशकै पर्यटन एंव हवाइ उद्योगमा कोषे ढुंगा सवित भएको उनले बताए।

१५८ सिट क्षमता रहेको हिमालय एअरलाइन्सको नयाँ विमानलाई दुई वर्गमा विभाजन गरिएको छ, जसमध्ये ८ वटा सिट बिजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटा इकोनोमि क्लासको रहेको जनाएको छ। हिमालय एअरलाइन्स दुवै वर्गका उपभोक्ताहरुलाई आकाशमा उच्चस्तरीय र आरामदायी उडानको अनुभव गराउने जनाएको छ।
 

प्रकाशित: १८ माघ २०७३ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App