coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल–भारत सीमा व्यवस्थापन गरिन्छः भूमिसुधार मन्त्री सुब्बा

काठमाडाैं– भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपाल–भारतबीचका सीमा व्यवस्थापन गर्न लागिएको जानकारी दिएका छन्। विनियोजन विधेयक, २०७३ अन्तर्गत भूमिसुधार तथा व्यवस्था मन्त्रालयको शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको बुधबार संसद् बैठकमा जवाफ दिँदै उनले दुवै देशका बीचका सीमा स्तम्भ निरीक्षण गर्ने कार्य सम्पन्न भएको बताए।

उनले सुकुम्बासी समस्या समाधान गर्न मन्त्रालयले पहिलो प्राथमिकता दिँदै दुई वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्नेतर्फ कार्यक्रम अगाडि बढेको, कमैया, हलैया प्रथा तीन वर्षभित्र मुक्त गर्न रु एक अर्ब १० करोड विनियोजन समेत भएको सदनलाई जानकारी दिए।

आठ जिल्लामा विशेष नापी टोली कार्यरत रहेको मन्त्री सुब्बाले स्पष्ट पारे। रासस

प्रकाशित: २२ असार २०७३ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App