१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरस्वती क्यापममा कुटिए अखिल अध्यक्ष

काठमाडौं– स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा सरस्वती क्याम्पसमा एमाले अखिल र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप भएको छ।  

मंगलबार बिहान ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा भएको झडपमा अखिलका क्याम्पस अध्यक्ष शंकर गौतम घाइते भएका छन्। गौतमको आँखामा चारवटा टाँका लगाइएको छ। क्रान्तिकारीले बाहिरबाट क्याम्पसमा मान्छे ल्याएर आक्रमण गरेको अखिलले आरोप लगाएको छ।

क्याम्पस भित्र अखिलले मंगलबार बिहान राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको तयारी गर्दै गर्दा दुई विद्यार्थी संगठनबीच झडप भएको थियो।

घटनामा संलग्नहरुको खोजी भइरहेको सोहखुट्टे प्रहरी प्रभागका प्रहरी निरीक्षक उमेश लम्सालले बताए। आगामी फागुन १४ मा स्ववियु निर्वाचन हुँदैछ।

प्रकाशित: १८ माघ २०७३ ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App