coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आफ्नै खर्चमा इन्जिनियर साहले २५ बालबालिका पढाइदिने

महोत्तरी—विद्याकी देवी सरस्वती पूजाको पूर्वसन्ध्यामा यहाँ एक युवकले २५ बालबालिकालाई आफ्नै निजी खर्चमा पढाउने बताएका छन्।

गौशाला नगरपालिका– ६ का २२ वर्षीय इन्जिनियर निशान्तकुमार साहले स्थानीय गरिब, दलित समूहका बालबालिकालाई पढाउने निर्णय गरेका हुन्।
 

गत वैशाख १३ गतेदेखि सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुर नुवाकोटमा सिभिल इन्जिनियर पदमा कार्यरत साहले आफ्नो गाउँघरमा रहेका हरेक बालबालिकालाई शिक्षाको ज्योति पुर्‍याउने उद्देश्यले निजी खर्चमा पूर्ण छात्रवृत्ति दिने बताएका हुन्।
 

उनले तत्कालका लागि गौशाला जिरोमाइलमा रहेको रामजानकी इङलिस बोर्डिङ स्कुलका नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई निःशुल्क रुपमा पढाइ खर्च व्यहोर्ने बताए। बुधबार सरस्वती पूजाका दिन बालबालिकालाई विद्यालयमा भर्ना गराइने बताइएको छ।

आगामी दिनमा एउटा विद्यालय खोलेर नै पढाउन नसकेका अभिभावकका छोराछोरीलाई पढाउने लक्ष्य लिइएको उनले बताए। आफूले सहयोगी हात पाए सो क्षेत्रमा सरसफाइ कार्यक्रम, खु्ला दिसामुक्त क्षेत्र अभियान, वृक्षरोपण कार्यक्रमलगायत अभियान सञ्चालन गरी देशकै नमुना क्षेत्र बनाउने सोच रहेको उनले सुनाए। रासस

प्रकाशित: १८ माघ २०७३ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App