हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने छः स्वास्थ्य मन्त्री चौधरी

बुधबार, २२ असार २०७३, १८ : ३१ नागरिक

काठमाडौँ–  स्वास्थ्यमन्त्री रामजनम चौधरीले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना र मन्त्रालयअन्तर्गतका सबै अस्पतालको क्षमता अभिवृद्धि गर्न लागिएको बताताएका छन्।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत स्वास्थ्य मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुन नदिन करारमा नियुक्ति गरी पठाइएको, अस्पतालमा औषधि र उपकारणको अभाव हुन दिन मन्त्रालय सचेत रहेको बताए।

मन्त्री चौधरीले दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक पठाउन सुरु गरिएको, अस्पताललाई आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको, थारु जातिमा देखिएको ‘सिकललेस’ रोग नियन्त्रण गर्न ध्यान दिइएको, सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम तीन वर्षभित्रमा सबै जिल्लामा लागू गरिने उल्लेख गरे।

मिर्गाैलाका बिरामीलाई निःशुल्क डायलोसिस सेवा दिने, यसै आर्थिक वर्षदेखि बोनमेरो ट्रान्सप्लान्ट सेवा सुरु गर्न लागिएको, वीर अस्पताललाई केन्द्रीय अस्पतालमा रुपान्तरण गर्न लागिएको उनले जानकारी दिए। नक्कली चिकित्सकमाथि छानबिन गर्ने क्रम जारी रहेको मन्त्री चौधरीले स्पष्ट पारे। रासस
 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad