८ वैशाख २०८१ शनिबार
खेल

न्युजिल्यान्डको अग्रता

अकल्यान्ड- मार्कुस स्टोइनिसले अविजित शतक प्रहार गरे पनि अस्ट्रेलियाले सोमबार न्युजिल्यानडविरुद्धको पहिलो एक दिवसीय खेलमा हार टार्न सकेन। करियरकै दोस्रो एक दिवसीय खेलिरहेका स्टोइनिसले तीन विकेट पनि लिएका थिए। इडेन पार्कमा टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले २ सय ८७ रनको लक्ष्य पछ्याएको थियो। तर, अस्ट्रेलियाले ४७ ओभरमा सबै विकेट गुमाएर २ सय ८० रन मात्र बनाउन सक्यो।

अग्रपंक्तिका ब्याट्सम्यान चाडै आउट भएपछि स्टोइनिस क्रिजमा आउँदा अस्ट्रेलिया ५४–५ को स्थितीमा थियो। स्टोइनिसले भ्रमणकारी टोलीको इनिङ सम्हाल्ने प्रयास गरेपछि उनले अर्को इन्डबाट साथ पाएनन.।

१ सय १७ बलको सामना गरेको स्टोइनिसलेे ९ चौका र ११ छक्का हान्दै अविजित १ सय ४६ रन बनाएका थिए। सातौं नम्बरमा ब्याटिङ आएर अस्ट्रेलियन ब्याट्म्यानले बनाएको यो सबैभन्दा धेरै रन हो। उनले दशांै विकेटका लागि जोश हाल्जेउडसँग ५४ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जिततर्फ डोहर्‍याएका थिए। तर, ४७ औं ओभर शुरुहुदाँ अस्ट्रेलियालाई जितका लागि १९ रन चाहिएको थियो।

टिम साउथीले पहिलो ३ बलमा कुनै रन दिएनन्। चौथो र पाँचौं बलमा स्टोइनिसले छक्का हाने पछि अस्ट्रेलिया जित नजिक थियो। ४७ औं ओभरको अन्तिम बलमा हाज्लेउड रनआउट भएपछि अस्ट्रेलिया निराश बनेको थियो।

कप्तानको भुमिकामा रहेका ओपनर एरोन फिन्च ४ र ट्रभिस हेड ५ रन बनाएर पभेलियन फर्किएका थिए। दुवै ओपनरलाई ट्रेन्ट बोल्टले पवेलियनको बाटो देखाएका थिए। बोल्टले फिन्चलाई जेम्स नीसाम र हेडलाई कोलिन मुनरोको हातबाट क्याच गरेका थिए।

त्यसपछि ब्याटिङका लागि आएका शउन मार्श र पिटर ह्यान्डसकमले पनि लामो इनिङ खेल्न सकेनन्। १६ रन जोडेका मार्शलाई मिचेल सन्टनले विकेटकिपर टम लाथमबा समातेका थिए भने ४ रन बनाएका ह्यान्डसकम टिम साउथीको बलमा लाथमलाई क्याच भए।

आक्रमक ब्याट्सम्यान ग्लेन म्याक्सवेल पनि २० जोडेर आउट भए। उनी लुकी फर्गुसनको बलमा लाथमको हातबाट क्याच भएका थिए। स्टोइनिसले जेम्स फल्कनरसँग सातौं विकेटका लागि ८१ रन र आठौं विकेटका लागि पेट कुमिन्ससँग ५२ रनको साझेदारी गरे।

४९ बल खेलेका फल्कनर २५ रन बनाए भने कुमिन्सले २८ बलमा ३६ रन जोडे। फल्कनर मुनरोको बलमा बोल्ड भए भने कुमिन्सलाई सन्टनरले आउट गरे। न्युजिल्यान्डका सान्टनरले ३ विकेद लिदाँ बोल्ट र फर्गुसनले २/२ विकेट लिए। साउथी र मुनरोको नाममा १/१ विकेट रह्यो।

त्यस टस हारेर ब्याटिङ निम्त्याइएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो। न्युजिल्यान्डका लागि नेइल ब्रुमले ७३, ओपनर मार्टिन गुप्टिलले ६१ र नीसमले ४८ रनको योगदान गरे। कप्तान केन विलियम्सनले २४ रन जोडे भने रोस टेलरले १६ रन बनाए।

अस्ट्रेलियाका स्टोनिइसले ३ विकेट लिनु बाहेक कुमिन्सले २ तथा मिचेल स्टार्क, हाज्लेउड, हेड र फल्कनरले १/१ विकेट लिए। यस जितसँगै ३ एक दिवसीय शंृखलामा न्युजिल्यान्डले १–० को अग्रता लिएको छ।

प्रकाशित: १८ माघ २०७३ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App