८ वैशाख २०८१ शनिबार
कला

"शुक्रराज शास्त्रीको चस्मा" सार्वजनिक

साहित्यकार राजेन्द्र पराजुलीद्वारा लिखित कथा संग्रह 'शुक्रराज शास्त्रीको चस्मा' बुधबार सार्वजनिक गरिएकाे छ। यस संग्रहमा २० ओटा कथा संग्रहित छन्|

राजेन्द्र पराजुली नेपाली साहित्य तथा पत्रकारितामा एउटा चर्चित र स्थापित नाम हो। साहित्यमा उनी आख्यानकार, कवि, सम्पादक र समीक्षकका रूपमा विशेष सक्रिय छन्। उनका 'विकल्प यात्रा', 'जाडोमा भोक' र 'सपनामा माक्र्स'  जस्ता कथासङ्ग्रहहरू, 'अनायिका' उपन्यास तथा 'भ्रष्ट संवेदना' कवितासङ्ग्रह आफ्नो समयका मानक कृतिहरू हुन्। उनले विभिन्न विधामा आधा दर्जन जति प्रतिनिधि सङ्ग्रहहरूको सम्पादन गरेका छन्, जसले आजको लेखनको मूल प्रवाहलाई सही ढङ्गले दिशानिर्देश गर्न अहम् र प्रभावकारी भूमिका निर्वाह गरेका छन्।

"शुक्रराज शास्त्रीको चस्मा" उनको चौथो कथाकृति हो। यस कृतिका कथाहरू मार्फत पराजुलीले आजको समयका अनन्त विसङ्गतिहरूप्रति कडा आलोचकीय दृष्टि खाराेका छन्। अधिकांश कथाहरूको अन्तर्वस्तु समकालीन राजनीतिका कुरूपता र जडताहरूको केन्द्रबाट टिपिएको छ। उनी राजनीतिक कथाका कुशल शिल्पी पनि हुन्।

यस कथा सङ्ग्रहसम्म आइपुग्दा उनले आजको बदलिँदो समाज, फेरिँदो सौन्दर्य र भत्किँदो सङ्क्रमणलाई जीवन्त बिम्बहरूमा उतारेका छन्। साहित्यको समाजशास्त्र र सांस्कृतिक रूपान्तरणका बहुआयामहरूलाई यी कथाहरूले अत्यन्त निकटबाट विश्लेषण गरेका छन्। यी कथाहरूको संसार बार्दलीबाट हेरिएको संसार नभर्इ भोगिएका सत्यहरूबाट निर्मित अनुभूतिको संसार हुन् भन्ने कथाका पाठकहरूले अनुभूति गर्न सक्नेछन्। 

आवाजविहीन र किनारीकृत मान्छेहरूको आवाजको खोजी गर्नु नै यी कथाहरूको मूल अभीष्ट देखिन्छ।

सांग्रिला बुक्सद्वारा प्रकाशित संग्रह १८० पृष्ठको छ, यसको मूल्य २५० रूपैयाँ रहेकाे प्रकाशकले जनाएकाे छ।

प्रकाशित: २२ असार २०७३ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App