coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धुलो कम गर्न ‘ब्रुमर’

काठमाडौं- उपत्यकामा धुलो कम गर्न कुचोवाला मेसिन (ब्रुमर) चलाइने भएको छ। मेलम्ची पाइपका लागि सडक खनेका कारण धुलो बढेपछि खानेपानी तथा सरसफाइ मन्त्रालय ब्रुमर चलाउने भएको हो। ‘सडक विभागसँग भएका दुई ब्रुमर हामीले चलाउन लागेका हौँ,’ मन्त्रालय सचिव भीम उपाध्यायले भने, ‘विभागसँग ब्रुमर मागेका छौँ। ती ब्रुमर चलाएपछि धुलो निकै कम हुन्छ।’ ब्रुमरले सडकको धुलो बढारेर टिप्ने गर्छ।

मन्त्रालय अन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ब्रुमर सञ्चालन गर्ने निर्णय गरेको हो। अत्यधिक धुलो भएका सडकमा दैनिक ब्रुमर सञ्चालन गरेर कम गरिने मन्त्रालय सचिव उपाध्यायले  जानकारी दिए।

विभागले थन्काएर राखेको ब्रुमर निर्देशनालयले चालक र डिजेलको व्यवस्था गरी उपत्यकाका सडक सफाइमा प्रयोग गर्न लागेको हो। ब्रुमर चलाउनुका साथै दैनिक सडकमा पानी हालेर धुलो कम गर्ने बताइएको छ। सडक विभागले प्रक्रिया पुर्‍याएर बुधबारसम्म ब्रुमर निर्देशनालयलाई दिने जनाएको छ।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव सहित सरोकारवालाको छलफलले पनि उपत्यकाको सडक अवस्था सुधार गर्न निर्देशन दिएको थियो। छलफलमा मुख्यसचिव सोमलाल सुवेदीले पानी पर्दा हिलो, घाम लाग्दा धुलोले उपत्यकावासी आजित मात्रै नभई वातावरण पनि दूषित भएकाले छिटो समाधान गर्न निर्देशन दिएका थिए।

छलफलमा सडक डिभिजन कार्यालय, खानेपानी मन्त्रालय, ढल निकास विभाग, विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायत सरोकारवाला निकायका प्रमुख सहभागी थिए।

धुलो बढार्ने ब्रुमर गाडी मेलम्ची खानेपानी आयोजनालाई दिने, नियमित पानी छर्किएर धुलो नियन्त्रण गर्ने, मेलम्ची खानेपानीका लागि खनिएकाबाहेक अन्य सडकका खाल्डाखुल्डी तत्काल पुर्ने र जथाभावी टाँगिएका तार व्यवस्थित गर्नेबारे पनि छलफल भएको थियो।

प्रकाशित: १८ माघ २०७३ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App