हिमचितुवा जोगाउन नाउरको सिकार!

वन मन्त्रालयले रोक्यो संरक्षण प्रस्ताव

मङ्गलबार, १८ माघ २०७३, ०८ : २७ सुबोध गौतम

काठमाडौं- कञ्चनजंघाका हिमचितुवा संरक्षणका लागि नाउरको सिकार! तीन वर्षअघि कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषद्ले सरकारसमक्ष यो प्रस्ताव राखेको थियो। विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा अध्ययन र अनुसन्धानपछि परामर्शदाताले यो प्रस्ताव तयार पारेका हुन्।

हिमचितुवा जोगाउन विश्वव्यापी रुपमा आर्थिक स्रोत खोजी भइरहेका बेला सरकारले यो प्रस्ताव रोकेर राखेको छ।  'ढोरपाटन सिकार आरक्षमा जस्तै कञ्चनजंघामा पनि नाउर सिकार खुला गरेर हिमचितुवा जोगाउन त्यो प्रस्ताव तयार गरिएको हो। तर तीन वर्षदेखि सरकारी निकायमै थन्किएको छ', विश्व वन्यजन्तु कोषका वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. घनश्याम गुरुङले भने, 'विदेशीलाई सिकार खेलाएर आएको रकम हिमचितुवा संरक्षण र स्थानीय विकासमा खर्च गर्न सकिन्छ। सधैँ विदेशीसँग हात थापिरहनुपर्दैन।'

उनले कञ्चनजंघामा हरेक बर्ष नाउरको संख्या बढिरहेको र त्यसको व्यवस्थापनका लागि पनि यसको कोटा निर्धारण गरेर सिकार खेलाउन सकिने बताए। 'वैज्ञानिक र समुदायमा आधारित संरक्षण क्षेत्र भएकाले पनि सरकारले ढोरपाटनमा जस्तै कञ्चनजंघामा पनि सिकारको अनुमति दिनुपर्छ', डा. गुरुङले भने, 'हामीले हाम्रा स्रोत संरक्षण गर्ने मात्र होइन, यसको सदुपयोग पनि गर्नुपर्छ भन्ने अवधारणामा सरकार अघि बढ्नुपर्छ।'

उनका अनुसार नाउरको प्रजनन् दर हेर्ने हो भने भाले र पोथीको संख्या लगभग बराबर देखिन्छ। नाउरको संख्या बढाउन पोथीको संख्या धेरै भए पुग्छ। भालेलाई भने वार्षिक कोटा निर्धारण गरेर सिकार गर्न सकिन्छ। कञ्चनजंघाका हिमचितुवाको तेस्रो ठूलो बासस्थान हो। यहा“ २८ वटासम्म हिम चितुवा रहेको अनुमान छ।

परामर्शदाताका रुपमा प्रस्ताव तयार गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक श्याम बजिमयले नाउर सिकार गर्न दिइँदा सरकारलाई कुनै घाटा नहुने बताए। 'हाम्रो अध्ययनले सिकारको सम्भावना प्रशस्त देखिन्छ। यसले नाउरको संख्या र हिमचितुवाको आहारामा कुनै असर पार्दैन', उनले भने, 'सुरुमा संरक्षण क्षेत्रको आधा भागमा भए पनि सिकारको सुरुआत गर्न सकिन्छ।'

सन् २०११ को 'प्लान्स फर सस्टेनेबल हारर्भेस्ट अफ ब्लु सिप' नामक अध्ययनले सन् २००७ देखि २०१६ सम्म नाउरको संख्या ह्वात्तै भएको देखाउँछ। 'यो प्रस्ताव कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का लागि तयार गरिएको थियो। विगत नौ/दस बर्षको तथ्यांकले नाउरको संख्या बढेको देखिन्छ। हरेक वर्ष त्यसको गणना हुन्छ', विश्व वन्यजन्तु कोषका कार्यक्रम निर्देशक अनन्त भण्डारीले भने, 'नाउरको घनत्व ढोरपाटनमा भन्दा बढी देखिन्छ। नाउर जन्मिने वार्षिक दर पनि बढी छ।'

प्रस्तावमा संरक्षण क्षेत्रको सबै भूभागमा नभई दुइटा ब्लक बनाएर सिकार गर्न सकिने उल्लेख छ। वार्षिक रुपमा ब्लक १ मा ६ देखि ८ र ब्लक २ मा ५ देखि ७ वटा नाउर सिकार गर्दा प्राकृतिक रुपमा पनि यसको व्यवस्थापन हुन सक्ने सुझाइएको छ। 'त्यहा“का हिमचितुवाको जन्मिने दर र तिनलाई चाहिने आहारा छुट्ट्याएर पनि बार्षिक २५ देखि ३० वटासम्म नाउर सिकार गर्न सकिने अध्ययनको निष्कर्ष छ', भण्डारीले भने, 'त्यति निकाल्न सकिने भए पनि संख्या सुरक्षित राख्न ११ देखि १५ वटा नाउर मार्दा खासै फरक पर्दैन।'

उनका अनुसार 'धेरै संख्या भयो भने आपसमा जुधेर पनि मर्छन्, सिकार खुला गर्ने हो भने त्यसमा आर्थिक स्रोत हुन्छ।'

अन्नपूर्ण संरक्षण क्षेत्रका वार्डेन हेमराज आचार्यका अनुसार सन् २०१५ मा संरक्षण क्षेत्रको करिब ७० प्रतिशत भूभाग ओगटेका चारवटा ब्लकमा १६ सय वटा नाउर भेटिएका थिए। सन् २०१६ को संख्या अन्तिम प्रतिवेदन आउन बा“की छ।

आचार्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हुदै वन मन्त्रालयमा पठाइएको प्रस्ताव फिर्ता आएको जानकारी दिए। 'व्यवस्थापन परिषद मार्फत आएको प्रस्तावमा केही प्रश्नहरु थपेर मन्त्रालयले विभागलाई पठाइदिएको छ', उनले भने, 'त्यसपछि परिषदले ती प्रश्नहरुको जवाफ अझैसम्म प्रस्तुत गरेको छैन।' सन् २०११ देखि अध्ययन गरेर सन् २०१३ मा उक्त प्रस्ताव विभागमा दर्ता गराइएको थियो।

आचार्यका अनुसार संरक्षण क्षेत्रको करिब ७० प्रतिशत क्षेत्रफल ओगटेका चार वटा ब्लकमा हरेक वर्ष नाउरको गणना हुन्छ। तिनमा ओलाङचुङगोलाको माथिल्लो भाग र याङमा, रामजेर, लेलेप गाबिसको खम्बाचेन पर्छन्। 'भौगोलिक विकटताले अन्य क्षेत्रमा गणना गर्न सकिएको छैन', उनले भने।

आचार्य यो प्रस्ताव अघि नबढनुमा धेरै कारण देख्छन्। उनका अनुसार हिमचितुवाको प्रमुख आहारा नाउर र घरपालुका याक हुन्। तर त्यहाँका सर्वसाधारण बसाइँसराइ गरेर काठमाडौं र दार्जिलिङतिर जान थालेका छन्। यसले याकको संख्या घट्दो छ। अर्को कारणमा त्यस क्षेत्रमा पछिल्लो समयमा तिब्बती ब्वाँसोको संख्या बढेको छ र त्यसको आहारा पनि नाउरै हो। पछिल्ला अध्ययनअनृसार ४२ सय मिटर उचाइसम्म साधारण चितुवा पाइएका छन्।

'यी वन्यजन्तुका आहारा नाउर भएकाले यसको सिकार खुला गर्दा संरक्षणको साटो विनाश त हुने होइन भन्ने प्रश्न उब्जिएको छ, यिनै प्रश्नले पनि यो अघि नबढेको मेरो बुझाइ हो', उनले भने, 'र, यसको सिकारबाट आउने पैसा सिधै संरक्षणमा खर्च नगरेर तलबभत्तामा गयो भने उल्टो असर पर्ने त होइन भन्ने आशंका पनि त्यत्तिकै छ।'

त्यसो त सन् १९९८ ताका यस क्षेत्रमा नाउरको सिकार खुला थियो। तर सिकार गराउने कामको व्यवस्थापन गर्न समस्या देखिएपछि सरकारले केही वर्षमै सिकार अनुमति रोकेको थियो।

तर अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०६४ मा संरक्षणमा असर नपर्ने गरी भौगोलिक र वैज्ञानिक अध्ययन गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहमतिमा सिकार गर्न सकिने व्यवस्था छ। यही व्यवस्थामा टेकेर परिषद्ले यो प्रस्ताव तयार गरेको हो।

ल्यान्डस्केप (भू–दृश्य) क्षेत्रका रुपमा हिमचितुवा संरक्षण गर्ने दृष्टिकोणले कञ्चनजंघा संरक्षण क्षेत्र निकै महत्वपूर्ण मानिन्छ। यो क्षेत्रले चीन र भारतका संरक्षण क्षेत्रसम्म विस्तार भएको छ। यसलाई त्रिदेशीय संरक्षण क्षेत्र पनि भनिन्छ। त्यहाँका वन्यजन्तु भारत र चीन ओहोरदोहार गरिरहेका हुन्छन्।

२०४२ मा स्थापना भएको ढोरपाटन सिकार आरक्षले नाउर र झारलको सिकार गराएबापत वार्षिक पौने एक करोडदेखि दुई करोड रुपैयाँसम्म कमाइरहेको छ। विभागले हरेक वर्ष दुई सिजन (चैत–वैशाख र असोज–कात्तिक) मा बोलपत्र आह्वान गर्छ। वन्यजन्तु सिकारको अनुमतिपत्र लिएका कम्पनीले आफ्ना विदेशी अतिथिलाई लगेर सिकार गराउन त्यसमा सहभागी हुन्छन्। 'जति धेरै कम्पनी प्रतिस्पर्धामा आए, त्यत्ति फाइदा हुन्छ', ढोरपाटन सिकार आरक्षका वार्डेन अणनाथ बरालले भने।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad