सरकारी संस्थानलाई भर्तीकेन्द्र बनाउन हुँदैन: सञ्चारमन्त्री

सोमबार, १७ माघ २०७३, १८ : २९ नागरिक

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारी संस्थानको प्रभावकारी सञ्चालनका लागि राजनीतिक दलगत भर्तीकेन्द्र हुन नहुने बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस)का विभिन्न कर्मचारी युनियनको मागपत्र बुझ्दै उनले भने– “सरकारी संस्थानमा आफ्ना मान्छे नभई अनुभवी र दक्ष मान्छे नियुक्ति हुनसकेमा मात्र ती निकाय राम्रोसँग सञ्चालन हुनसक्छ ।”

सो अवसरमा ती कर्मचारी युनियनले राससमा रिक्त महाप्रबन्धक नियुक्ति गर्दा संस्थाभित्रकै ज्येष्ठताका आधारमा वरिष्ठतम् अधिकारीलाई जिम्मेवारी दिने परम्परालाई कायम राख्न माग गरेका छन्।

सो मागबारे मन्त्री कार्कीले तोकिएको कानुनी मापदण्डका आधारमा अनुभवी र संस्था चलाउन सक्ने दक्ष व्यक्तिलाई नियुक्ति गर्न आफ्नो प्रयास हुने बताए।

रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले राससमा कार्यरत कर्मचारीको हस्ताक्षरसहितको मागपत्र मन्त्री कार्कीलाई बुझाए। राससमा यही माघ ७ गतेदेखि महाप्रबन्धक पद रिक्त छ। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad