coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अनेरास्ववियुको ११ हजार सदस्यीय निर्वाचन परिचालन कमिटी

काठमाडौं- अनेरास्ववियुले स्ववियु निर्वाचनको तयारी थालेको छ। अनेरास्ववियुको स्थायी कमिटी बैठक स्ववियु निर्वाचनको परिचालनको लागि नविना लामाको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचिलन समिती बनाएको छ। जसमा केन्द्रीय कमिटीको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, रापस, जिल्ला अध्यक्ष, स्ववियु निर्वाचन हुने क्याम्पसका अध्यक्षहरु सदस्य रहने छन्।

यस्तै अनेरास्ववियुले राष्ट्रियतामाथी गम्भीर खतरा उत्पन्न भएको भन्दै  माघ २१ गते भित्र देशभरका प्रत्येक क्याम्पसका गेटमा राष्ट्रिय झण्डा फहराउने भएको छ।  

संगठनले आसन्न स्ववियु निर्वाचनलाई स्वच्छ, मर्यादित र निश्पक्ष ढंगले तोकिएकै मितिमा सम्पन्न गराउन  सम्पूर्ण विद्यार्थी संगठनहरुलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्‍याउन पनि आग्रह गरेको छ।

 

प्रकाशित: १७ माघ २०७३ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App