coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जुम्ला क्याम्पसमा तीन वटा ताला

जुम्ला- स्ववियु निर्वाचनको कार्यतालिका नजिकिदै गर्दा फर्जि विद्यार्थीको भर्ना दर वृद्धि भईरहेको भन्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाले जुम्ला वहुमुखी क्याम्पसमा तीन वटा ताला लगाएको छ। भर्ना गर्ने अन्तिम मिति सकिएको समयमा एमाले निकट अनेरास्ववियुले एक लाख ८ हजार रुपैयाँ जम्मा गरेको भौचर लिएर धमाधम भर्ना गर्न थालेपछि नेक्रावि संघ जुम्लाले ताला लगाएको हो।

नेमकिपाको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर नेक्रावि संघले क्याम्पसलाई राजनैतिक अखडा वनाउने गरि गरिएको विद्यार्थी भर्ना आफ्नो लागि सैह्य नहुने जनाएको हो। नेक्रावि संघ जुम्लाका सचिव राजन नेपालीले नौ वर्ष पछि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका माधयमवाट विद्यार्थीका हकहितको सुनिश्चित गर्न लागेको वेला विद्यार्थी भर्नामा देखिएको वेथितीले समग्र विद्यार्थी जगतलाई दु:खी तुल्याएको बताए । उनका अनुसार जुम्ला वहुमुखी क्यम्पसको क्याम्पस प्रुमख, प्रशासन र परिक्षा शाखामा ताला लगाइएको हो।

प्रकाशित: १७ माघ २०७३ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App