७ वैशाख २०८१ शुक्रबार
अर्थ

सेयर बजारमा ६५ अङ्कले घट्यो

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ।

निरन्तर ओरालो लागेको नेप्से आज ६५.४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको छ । आज एक हजार ३७५.४७ अङ्कमा बजार खुलेको थियो।

आज सबैभन्दा धेरै बिमा समूहका लगानीकर्ताले गुमाएको नेप्सेले उल्लेख गरेको छ । बिमा उपसूचक ८.७ प्रतिशतले घटेको छ । बिमापछि होटल उपसूचक ७.२४, फाइनान्स ५.४८ र बैंकिङ ४.६३ प्रतिशतले घटेका छन् । विकास बैंक, जलविद्युत् र अन्य उपसूचकमा पनि ठूलै कमी आएको छ । रासस

 

प्रकाशित: १७ माघ २०७३ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App