६ वैशाख २०८१ बिहीबार
समाज

बलात्कार आरोपमा प्रअ पक्राउ

बैतडी- सुस्त मनस्थिति भएकी ३८ बर्षीया स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा सदर्शन मावि लिखोडा,सलेनाका प्रअ रामबहादुर चन्द पक्राउ परेका छन्।

माघ १३ गते बलात्कृत भएकी महिलाका आफन्तले  प्रहरीलाई जानकारी दिएपछि चार दिन अघि चन्द पक्राउ परेका हुन्।  राती  ८ बजे घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोपमा  उनलाई पक्राउ गरिएको हो । सलेना–२ मलिकुलका ५२ वर्षीय चन्द बिरुद्ध  सोमबार जिल्ला प्रहरी कार्यालयमा  मुद्दा दर्ता गरिएको छ । जवरजस्ती करणी अन्र्तगत मुद्दा दर्ताभएपछि  पाँच  दिन म्याद थप गरी आरोपीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

पीडितको जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परीक्षण गरिएको र मेडिकल रिपोर्ट आईन नसकेकाले अझै केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए। मेडिकल रिपोर्टपछि घटनाबारे थप थाहा पाउन सकिने शर्माले बताए। बलात्कारमा परेकी महिलाको मानसिक अवस्था ठिक नरहेको र उनका  तीन ओटा छोराछोरी रहेको प्रहरीले जनाएको छ।  

 

 

 

प्रकाशित: १७ माघ २०७३ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App