८ वैशाख २०८१ शनिबार
समाज

सुनसरीमा प्रहरी र अपराधिक गिरोहबीच गोली हानाहान, तीन घाइते

गोली चलेको स्थान इटहरी वडा नं. १४ खनार। तस्बिर: अमर

इटहरी- सुनसरीको इटहरी वडा नं. १४ खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक गिरोहमा संलग्न व्यक्तिबीच गोली हानाहान भएको छ। सुनसरी–मोरङ सिचाई आयोजनाको नहरको बाटोमा प्रहरीको गोली लागेर आपराधिक गिरोहमा संलग्न तीन जना घाइते भएका छन्।

                प्रहरीको गोली लागेर मोरङ नोचा वडा नं. ३ का २७ बर्षीय सतन पासवान, टंकिसिनुवारीका २९ बर्षीय श्रवण सरदार र इटहरी वडा नं. १३ का ४२ बर्षीय शुभलाल सरदार घाइते भएका छन्। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार, प्रहरीले पिछा गर्ने क्रममा शुरुवातमा प्रहरीमाथि गोली प्रहार भएपछि जवाफी फाइरिङ् गरिएको हो। घटनास्थलबाट प्रहरीले तीनवटा बन्दुक र विभिन्न  खाले लागुऔषध फेला परेको छ । जिल्ला  प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले दुई जना फरार भएकाले तिनीहरुको पनि खोजी भइरहेको बताए।   घाइतेमध्ये सतनको दुईवटै खुट्टाको नली खुट्टामा, श्रवणको वाया तिघ्रामा र शुभलालको दुईवटै खुट्टाको पाँच ठाउँमा गोली लागेको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।         

 

प्रकाशित: १७ माघ २०७३ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App