coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अहिलेको सरकार ब्रेक फेल भएको बस जस्तो: थापा

भगिश्वर लिम्बु

तेह्रथुम- राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सम्पादन समिति सदस्य तथा पूर्व बाणिज्य तथा आपुर्तिमन्त्री सुनिल बहादुर थापाले अहिलेको सरकार ब्रेकफेल भएर गुडेको बस जस्तो भएको बताएका छन्।

सदरमुकाम म्याङलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले यो सरकारको निश्चीत गन्तब्य समेत नभएकोले ब्रेकफेल भएको बस जस्तो मात्र  भएको टिप्पणी गरेको हुन्। उनले बिग्रिएको बसमा हिड्ने यात्रुको मात्र हैन बसको समेत भविष्य अन्धकार भएको भन्दै यो सरकारका कारण नेपाल र नेपाली जनताकै भविष्य अन्धकार भएको उल्लेख गरे।

देशमा लामो समय देखि स्थानीय तहको निर्वाचन नभकै कारण विकास ठप्प भएकोले जति चाँडो स्थानीय तहको निर्वाचन हुनु पर्ने धारणा राखे। सरकारले स्थानीयतहको निर्वाचनको मिति समेत तोक्न नसकेकै कारण देश अनिर्णयको बन्दी भएको बताए। देशमा स्थानीय, प्रान्त र प्रतिनिधीसभाको मात्र हैन माथिल्लो सदनको समेत निर्वाचन गर्नु पर्ने सुझाब दिएका छन्।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराज्यको पक्षमा भए पनि लोकतन्त्रलाई स्विकार्न सक्ने पार्टी भएकोले अबको निर्बाचनमा जनताको मतले राम्रो शक्तिको रुपमा स्थापीत हुने बिश्वार ब्यक्त गरे।

 

 

प्रकाशित: १७ माघ २०७३ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App