८ वैशाख २०८१ शनिबार
अर्थ

एफएमओ र जिएबिभीको बैठक नेपालमा हुने

काठमाडौं- एनएमबि बैंकको संयोजकत्वमा एफएमओ र ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) का सदस्य संस्थाहरुसँगको संयुक्त सहकार्यमा नेपालमा आउँदो फागुन २४ गतेदेखि २६ गतेसम्म ९औं जिएबिभी वार्षिक सम्मेलन हुने भएको छ।

जिएबिभी विश्वभरका बैंकिङ प्रमुखहरुकोे बैंकिङ क्षेत्रमा नवीनतम सकारात्मक परिवर्तनका लागि प्रतिबद्ध सञ्जाल हो । जिएबिभीको समग्र लक्ष्य दिगो बैंकिङ प्रणालीको विकासका लागि पहल गर्नु हो । यसको उद्देश्य बैंकिङ क्षेत्र अझै पारदर्शी बनाउँदै आर्थिक, सामाजिक र वातावरणीय स्थायित्वका लागि सहयोग पु¥याउनु रहेको बताइएको छ । त्यस्तै वास्तविक अर्थ व्यवस्थाको सेवामा बैंकिङ संस्था एकजुट होउन् भन्ने रहेको छ ।

सम्मेलनमा देशका उच्च ओहदाका व्यक्तित्वको सहभागीता रहने बैंकले अपेक्षा गरेको छ । बैठकले एसिया, अफ्रिका, अस्ट्रेलिया, ल्याटिन अमेरिका, दक्षिण अमेरिका र युरोपका राष्ट्रमा बैंक तथा वित्तीय संस्था सञ्चालन र मूल्य मान्यतामा आधारित बैंकिङ प्रणाली अपनाएका ४० संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख कार्यकारीसँग आपसी छलफल एवं परामर्श गर्ने अवसर प्रदान गर्नेछ ।

आठौं बैठक नेदरल्यान्डको एम्सटर्डममा सम्पन्न भएको थियो भने सो बैठकमा नेदरल्यान्डकी महारानीको पनि उपस्थिति रहेको थियो । विगत २० वर्षदेखि एनएमबि बैंकले आत्मनिर्भर नेपाल भन्ने आफ्नो प्रतिबद्धताअनुरुप आफ्ना कार्यक्रमलाई आत्मनिर्भरताको क्षेत्रमा केन्द्रित गर्दै आएको छ भने स्थानीय समुदायलाई सहयोग पुग्ने खालका विभिन्न योजनामा लगानी गर्दै आएको पनि जनाएको छ ।

प्रकाशित: १७ माघ २०७३ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App