coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लोकसेवा आयोगको वेबसाइट डाउन, नासुको फारम भर्ने समय थपिने

काठमाडौं- नायब सुब्बा (नासु) को लागि अावेदन दिने मिति सकिन एक दिन बाँकी रहँदा सोमबार लोक सेवा आयोगको वेब साइट डाउन भएको छ।

सबै आवेदन वेबसाइटबाट मात्र लिने अायोगमा निवेदकको अत्यधिक चाप बढेपछि सर्भर डाउन भएको हो।

'धेरै भन्दा धेरै आवेदन आयोगले लिन चाहन्छ', उनले भने, 'साइटका कारण आवेदन दिनबाट कोही पनि बञ्चित हुने अवस्था हुँदैन। यसबारे हामी सचेत छौं।'

लोक सेवा आयोगका सचिव मधु रेग्मीले साइटमा आवेदकहरुको अत्यधिक चाप बढेपछि सर्भर डाउन भएको र प्राविधिकहरुले समाधानको उपाय खोजिरहेको बताए। 'साइटमा आएको समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं', सचिव रेग्मीले नागरिकन्युजसँग भने, 'प्राविधिकहरुले काम गरिरहेका छन्। अाजै समस्या समाधान हुन सक्छ।'

'कोही अावेदक बञ्चित हुनुपर्ने छैन'

नासु पदमा अावेदन गर्न भोलि मंगलबारसम्म समय तोकिएको छ। अाज सर्भर डाउन हुँदा हजारौंले अावेदन गर्न पाएका छैनन्। समयावधि थप हुनसक्ने संकेत गर्दै उनले भने, 'कोही आवेदक पनि आवेदन गर्नबाट बञ्चित हुनुपर्ने छैन। हामी त्यसको निर्णय गर्नेछौं।'

आयोग धेरै आवेदन परोस् भन्ने पक्षमा रहेको उनले बताए। 'धेरै भन्दा धेरै आवेदन आयोगले लिन चाहन्छ', उनले भने, 'साइटका कारण आवेदन दिनबाट कोही पनि बञ्चित हुने अवस्था हुँदैन। यसबारे हामी सचेत छौं।'

एक वर्ष अघि देखि आयोगले लोकसेवाको आवेदन वेबसाइट मार्फत लिन थालेको हो।

प्रकाशित: १७ माघ २०७३ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App