coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री निधि समयमै संसद नपुग्दा…

काठमाडौं— सोमबार दिउँसो १:३० बजेका लागि संसद बैठक आह्वान गरिएको थियो। संसद बैठकको मुख्य कार्यसूचिमा निर्वाचन कसुर सजाय ऐन विधेय पेश गर्ने तोकिएको बारे सांसदहरु सूचित थिए। विधेयकको जिम्मेवार गृहमन्त्री विमलेन्द्र निधिले पेश गर्ने सम्भावित कार्यसूचि शुक्रबार नै तय भएको सो विषयमा छलफल समेत आजै तोकिएको थियो।

दिउँसो १:१० मिनेट जाँदा संसद बैठक सुरु भयो। शून्य र विशेष समयमा बोल्ने सांसदहरुले करिब ४५ मिनेट खर्चिए। तर संसदमा गृहमन्त्री देखिएनन्।

दिउँसो १:१० मिनेट जाँदा संसद बैठक सुरु भयो। शून्य र विशेष समयमा बोल्ने सांसदहरुले करिब ४५ मिनेट खर्चिए। तर संसदमा गृहमन्त्री देखिएनन्।

पूर्व निर्धारित तालिकअनुसार गृहमन्त्री निधि संसदमा नआएपछि सभामुख ओनसारि घर्ती के गर्ने भन्ने दोसाँधमा परिन्। उनले सूचित गरिन्, 'निर्वाचन कसुर तथा सजाय विधेयक २०७३ लाई आज कार्यसूचिबाट हटाइएको छ।'

एक्कासि विधेयकलाई कार्यसूचिबाट हटाउने निर्णय सभामुखबाट सुनेका सांसदहरु छक्क परे। आखिर के कारणले निर्वाचनसम्बन्धी विधेयक हट्यो? सांसदहरु कानेखुशी गर्न थाले। गृहमन्त्री अनुपस्थित भएको जानकारी अनौपचारिक पाए।

करिब २:१५ बजे गृहमन्त्री निधि हतार हतार गर्दै संसद भवन नयाँ वानेश्वर पुगे। कार्यसूचिबाट हटाइसकेको अवस्थामा गृहमन्त्री निधि संसदमा आइपुगेपछि सभामुखले नयाँ जुक्ति निकालिन्।

उनले २:३० बजे संसदको अर्को बैठक आह्वान गरिन्। सो बैठकमा सामान्य छलफलपछि सो विधेयक पारित गरेको छ।

निर्वाचन कसुर सजाय विधेयक पारित भएसँगै निर्वाचनसम्बन्धी तीन वटा विधेयक संसदले पारित गरेको छ। यसबाहेक अन्य दुई विधेयक राज्यवस्था समितिमा छलफलको क्रममा छन्।

प्रकाशित: १७ माघ २०७३ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App