८ वैशाख २०८१ शनिबार
समाज

नागरिककर्मी राई पुरस्कृत

सांसद बजीमयबाट पुरस्कार ग्रहण गर्दै पत्रकार राई। तस्विर सौजन्यः युवराज चौलगाई

खोटाङ–खोटाङका पत्रकार दमन राई ‘हलेसी रेडियो पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन्। हलेसी सामुदायिक रेडियो सञ्चालन गर्दैआएको हलेसी सूचना तथा सञ्चार सहकारी संस्था खोटाङले स्थापना गरेको हलेसी रेडियो पत्रकारिता पुरस्कारबा पत्रकार राईलाई पुरस्कृत गरिएको हो।

नगद ५ हजार १११ रुपैयाँ राशीको पुरस्कार र प्रमाणपत्र प्रमुख अतिथिकारुपमा सांसद सरस्वती बजीमयले हस्तान्तरण गरिन्। पत्रकारिताको माध्यमबाट जिल्लाको बिकास, सामाजिक परिवर्तन र पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप पत्रकार राईलाई हलेसी एफएमको आठौँ बार्षिकोत्सवको अवशरमा आईतबार पुरस्कार प्रदान गरेको हो।

निष्पक्ष, व्यवसायीक र निर्भिक पत्रकारिताको माध्यमबाट जिल्लाको बिकास र सामाजिक रुपान्तरणमा योगदान पुर्‍याएकाले पत्रकार राईलाई ‘हलेसी रेडियो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको एफएमका स्टेशन मेनेजर उत्तम चौंलागाईले बताए। बिगत एक दशकदेखि पत्रकारितामा क्रियासिल राई नागरिक दैनिकका सम्बाददाता हुन्।
 

प्रकाशित: १७ माघ २०७३ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App