coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अन्नपूर्ण क्षेत्रको पर्यटनमा उल्लेख्य सुधार

पोखरा- भूकम्प र नाकाबन्दीले खस्किएको पदयात्रापर्यटनमा अपेक्षाभन्दा बढी नै सुधार देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रकाविभिन्नगन्तव्यको पदयात्रामाजाने विदेशीपर्यटकको आगमनमाउल्लेख्य सुधार भएको एक्यापले जनाएको छ। त्यसको सकारात्मकप्रभावपर्यटन क्षेत्रमा पर्ने व्यवसायीको भनाइ छ।

एक्यापकाअनुसार सन् २०१५ को तुलनामा २०१६ माकरिब ४५ प्रतिशतभन्दा बढी विदेशी अन्नपूर्ण क्षेत्रको पदयात्रामागएका छन्। सन् २०१५ मा७८हजार ९ सय ३०विदेशीपर्यटक अन्नपूर्ण क्षेत्र घुमेकोमायो संख्या बढेर सन् २०१६ मा १ लाख १४ हजार १ सय८७पुगेको एक्यापले जनाएको छ। पदयात्रा क्षेत्रको यो वृद्धिदर निकै नै सकारात्मक रहेको एक्यापको भनाइ छ।

'अघिल्लोवर्षको तुलनामा सन् २०१६ मा झन्डै ४५ प्रतिशत बढी विदेशीअन्नपूर्ण क्षेत्रघुम्न पुगेका छन्,'एक्यापकीपर्यटन अधिकृत रश्मीआचार्यले भनिन्, 'भूकम्प र नाकाबन्दीपछि खस्किएको पर्यटन क्षेत्रमा एकवर्षको अन्तरालमै करिब ४५ प्रतिशत बढ्नु निकै नै राम्रो मान्नुपर्छ।' पर्यटन आगमनको यो वृद्धिदर हेर्दा आगामीदिनमाअवस्था सामान्य रहे २०१७माभूकम्प अघिकैजतीपाहुनाभित्रिन सक्ने उनले बताइन्। 'पर्यटक आगमन बढाउने हो भने अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन अभियान चलाउनुपर्छ,' उनले भनिन्।

एक्यापकाअनुसार सन् २०१२ माअन्नपूर्ण क्षेत्रमा १ लाख ६ हजार ४ सय ९९, २०१३ मा १ लाख १६ हजार १ सय २० जनापर्यटक पदयात्रामागएकाथिए। त्यस्तै सन् २०१४ माअन्नपूर्ण क्षेत्र घुम्नेको संख्या १ लाख २९ हजार ६ सय २४ रहेको छ। भूकम्पकाकारण सन् २०१५ माआगमन घटेर जम्मा७८ हजार ९ सय ३० जनाविदेशीअन्नपूर्ण क्षेत्र घुमेकाथिए। यो संख्याअहिले बढेर २०१६ मा १ लाख १४ हजार १ सय ८७पुगेको एक्यापको तथ्यांक रहेको छ।

'छोटो अवधिमै पर्यटक आगमनमा सुधार देखिएको हो। झन्डै २०१३ कै हाराहारीमा२०१६ मापर्यटक आएका छन्,' एक्यापकीपर्यटन अधिकृत आचार्यले भनिन्, 'वृद्धिदर निकै राम्रो हो। भूकम्पले सबैतिर ध्वस्तभएको सन्देश फैलिएका बेलाआगमन बढ्नु सकारात्मकहो।'अन्नपूर्ण क्षेत्र घुम्न जाने विदेशीपर्यटकले एक्यापबाट विशेष अनुमति लिनुपर्छ। लम्जुङको बेशीसहर र पोखरा हुँदै अन्नपूर्ण क्षेत्र प्रवेश गर्न सकिन्छ।

पर्यटन बोर्ड पोखराकावरिष्ठ अधिकृत सुर्य थपलियाले पनिअहिलेको वृद्धिदरबाट पर्यटन क्षेत्र सकारात्मकगतिमा अघि बढेको पुष्टि हुने बताउँछन्। थपलियाकाअनुसार अघिल्लो वर्षको तुलनामा २०१६ मानेपालमापर्यटन आगमन ४० प्रतिशत बढेको छ। त्यो वृद्धिको सकारात्मकप्रभावअन्नपूर्ण क्षेत्रको पदयात्रामापनि परेको उनले बताए।

'एकवर्षमा ४० प्रतिशत वृद्धि हुनु निकै नै राम्रो हो। यसले पर्यटन क्षेत्र छोटो अवधिमै पहिलेकै अवस्थामाफर्किने संकेत देखिएको छ,' उनले भने, 'यसले पर्यटन क्षेत्रमा सकारात्मक सुधार हुँदै गएको देखाउँछ।' उनकाअनुसार भूकम्पअघि नेपालको पर्यटन आगमनवर्षमाकरिब १० प्रतिशतमात्र वृद्धि हुन्थ्यो। तर, २०१५ को तुलनामा २०१६ मा ४० प्रतिशतपुगेको छ। यो निकै नै राम्रो वृद्धिदर भएको थपलियाको भनाइ छ। 'नेपालकै आगमन ४० प्रतिशत बढेको बेलाअन्नपूर्ण क्षेत्रमाकरिब ४५ प्रतिशत बढ्नु झनै राम्रो हो,' उनले भने, 'आगामीदिनमायसको प्रभावझनै सकारात्मकपर्नेछ।'

'सामान्यतया हरेक वर्षको वृद्धिदर १० प्रतिशतहाराहारीमाहुन्थ्यो। २०१५को तुलनामा २०१६ मा एकैपटक आगमन बढ्यो। पर्यटन क्षेत्र उकासिन धेरै समय लाग्छ किभन्ने अनुमानलाई यसले चिरेको छ,' उनले भने, 'सबैतिर सहजअवस्थाहुने हो भने छिटै नै नियमितआगमनको हाराहारीमापुग्नेछ। पहिलेकै अवस्थामाआउन बढी समय लाग्छ भन्ने भनाईलाई गलत सावितगरिदिएको छ। एकवर्षमै आगमन ह्वात्तै आकाशियो।'

अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने हो भने अहिलेको आगमन छिनै नै भूकम्प र नाकाबन्दीअघिको अवस्थामापुग्न सक्ने थपलिया बताउँछन्। प्राकृतिक सौन्दर्यता र विविधताले पनिपर्यटकलाई नेपालआगमन बढाउन सघाएको थपलियाको भनाइ छ। अन्नपूर्ण क्षेत्रको पदयात्राविश्वमै अग्रणी छ। अन्नपूर्ण फेरो सहितआधारशिविर, अर्धनिषेधित क्षेत्र लोमान्थाङ लगायतगन्तव्यमाजानविदेशीपर्यटक नेपाल आउँछन्।

पर्यटन व्यावसायीपनिअपेक्षा गरेभन्दा बढी आगमनभएको बताउँछन्। 'भूकम्प र नाकाबन्दीले सबैतिर सुनसानबनेको पर्यटन क्षेत्र २०१६ माह्वात्तै माथिलागेको छ,' पोखरा पर्यटन परिषद् (पिटिसी) काअध्यक्ष सोमबहादुर थापाले भने, 'छोटो अवधिमानै सोचेभन्दा फरक तरिकाले पर्यटन क्षेत्रमा 'रिकभरी'भएको छ, जुननिकै नै सकारात्मक छ।' उनले वर्षमाकरिब ४० प्रतिशतआगमन बढ्नु पर्यटनलाई निकै नै सहयोगी रहेको बताए।

भूकम्प र नाकाबन्दीकाकारण अन्तर्राष्ट्रिय उडान कटौंतीहुँदाविदेशी नेपालआउनचाहेकाथिएनन्। तर, छोटो अवधिभित्रै अन्तर्राष्ट्रिय कम्पनीले नेपालसम्मसिधा उडान सुचारु गरेकाले पनिआगमन बढाउन सघाएको थापाको बुझाई छ। 'छिमेकी मुुलुकबाट अझै सोचेजतिपाहुनाआएका छैनन्। नत्रआगमनझनै माथिपुग्थ्यो,' उनले भने, 'पदयात्रा क्षेत्रको तथ्यांक झन्डै पहिलेकै अवस्थामापुग्नथालेको छ। यसबाट पर्यटन क्षेत्र आशावादीहुनसक्ने ठाउँ छ।' आगामीदिनमाथपआगमन बढाउन सबैको सहकार्य हुनुपर्ने उनले बताए।

प्रकाशित: १७ माघ २०७३ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App