८ वैशाख २०८१ शनिबार
खेल

प्रतिभा आउट स्टयान्डिङ अट्याकर

काठमाडौं- नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी प्रतिभा माली महिला विश्व भलिबल च्याम्पियनसिप एसिया सेन्ट्रल जोन छनोटमा 'सेकेन्ड आउट स्टयान्डिङ अट्याकर' खेलाडी घोषित भएकी छिन। छनोट प्रतियोगितामा आयोजक माल्दिभ्स, नेपाल र इरानले भाग लिएका थिए।

प्रतियोगितामा नेपाल दोस्रो हुर्दै फर्किएपनि नेपालकी प्रतिभाले भने आउट स्टयान्डिङ अट्याकरको ट्रफी जित्न सफल भएकी हुन्। यसअघि प्रतिभाले एक महिला अघि माल्दिभ्समै भएको लिग च्याम्पियनपसिपमा विदेशी खेलाडी तर्फ उत्कृष्ट खेलाडीको अवार्ड जितेर फर्किएकी थिइन। यसैगरी आइतबार इरानले आयोजक माल्दिभ्सलाई हराउँदैं फिभ महिला विश्व भलिबल च्याम्पियनसिपको लागी एसिया सेन्ट्रल जोनबाट छानिएको छ।

इरानले माल्दिभ्सलाई सोझो सेटमा २५–४, २५–१२, २५–१५ ले हरायो। शनिबार भएको खेलमा इरानले नेपाललाई पनि सोझो सेटमा २५–१२, २५–१२, २५–१२ ले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगैं इरान एसिया सेन्ट्रल जोनबाट दोस्रो चरणको छनोट प्रतियोगिताका लागी छानिएको हो। माल्दिभ्समा भएको छनोट प्रतियोगितामा नेपाल, इरान र आयोजक माल्दिभ्सले प्रतिस्पर्धा गरेका थिए।

छनोट प्रतियोगितामा इरान पहिलो, नेपाल दोस्रो स्थान र आयोजक माल्दिभ्स तेस्रो स्थानमा रह्यो। प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २५–१७, २५–१७, २५–१३ ले हराएको थियो। विश्व कप छनोट प्रतियोगिता नेपाली महिला टोलीले खेलेको आधिकारिक भलिबल प्रतियोगिता हो। नेपालले प्रशिक्षक सुदेश कुमार रिमालको प्रशिक्षणमा प्रतियोगिता खेलेको थियो।

फितलो तयारीमा विश्व कप छनोट प्रतियोगिता खेलेको नेपालले दुइ साता भन्दा धेरै अभ्यास गर्न पाएको थिएन। र प्रतियोगिता खेल्नको लागी १२औं दक्षिण एसियाली खेलकुद खेलेको खेलाडीलाई छनोट गरिएको थियो। 

 

 

 

प्रकाशित: १७ माघ २०७३ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App