coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एनआरटीको जितमा राज नायक

झापा- राज पौडेलले निर्णायक गोल गरेपछि न्युरोड टिम(एनआरटी)ले नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदैं रमपम झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेका छ। १–० ले अग्रता लिएको पुलिस जित नजिक पुगेर पनि सफलता हासिल गर्नबाट बञ्चित भयो।

इन्जुरी समयमा एनआरटीका अशोक थापा मगरले गोल गदैं खेल १–१ को बराबरीमा पुर्‍याएका थिए। बराबरीपछि एनआरटीले खेलमा फर्कियो।

अत्तिरिक्त समयमा अशोकले अभिषेक रिजालको पासमा गोल गरे। अशोकले गोल गरेलगत्तै खेल बराबरी भयो। अतिरिक्त २० मिनेट थपिएको खेलमा राजले अशोकको सहयोगमा गोल गर्दै एनआरटीलाई जित दिलाए। अतिरिक्त समयको १३औं मिनेटमा एनआरटीले पाएको फ्रिकिक पाएको थियो।

अशोकले प्रहार गरेको फ्रिकिकमा राजले हेड गोल गरेका थिए। आइतबार एनआरटीलाई खेलमा फर्कन योगदान गरेका अशोक खेलको म्यान अफ द म्याचबाट पुरस्कृत भए।

अशोकले म्याक्स हाउजिङ प्रालिका तर्फबाट ७ हजार रुपैयाँ पुरस्कार पनि पाए।

हारपछि पुलिस प्रतियोगिताको पहिलो चरणबाटैं बाहिरिएको छ। नेपाली फुटबलको सफल टोली पुलिस पछिल्लो समय उपाधि जित्न संघर्ष गरिरहेको छ। पुलिसले झापागोल्ड कपमा नयाँ खेलाडीलाई पहिलो प्राथमिकतामा राखेर खेलेको थियो। राष्ट्रिय टोलीको जर्सी लगाइसकेका अनुभवी खेलाडी जुमानु राई, भोला सिलवाललाई पुलिसले मैदानमा उतारेको थिएन। तर १० खेलाडीमा सिमित भएको एनआरटी विरुद्धको खेलमा पुलिस निराश बन्नु पर्‍यो।

२७ औं मिनेटमा विक्रम धिमालले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। सुदिप राइले प्रहार गरेको कर्नरलाई बिक्रम धिमालले हेडमार्फत गोल गरे।

निर्धारित समयमा पुलिसले अग्रता लिइरहेको अवस्थामा २ मिनेट इन्जुरी समय थपिएको थियो। खेलको अन्त्यतिर अशोकले गोल गरेपछि एनआरटी खेलमा फर्किएको थियो।

निर्धारित समयसम्म पुलिस एनआरटी विरुद्ध हाबी देखिएको थियो। ८२औं मिनेटमा एनआरटीले पहिलो रोजाइका गोलरक्षक अशोक बराल गुमाउनु परेको थियो। डि बक्स बाहिर आएर बल नियन्त्रण लिएपछि अशोकलाई रेफ्री प्रकाशनाथ श्रेष्ठले रातो कार्ड देखाएका थिए। एकपछि अर्को क्षति ब्यहोरेपनि एनआरटीले खेलमा आत्मविश्वास गुमाएको थिएन। र खेलको अन्त्यतिर लयमा फर्कियो।

आइतबार पुलिस र एनआरटीले केही राम्रा अवसरलाई खेर पनि फालेका थिए।

१२ औं मिनेटमा एनआरटीका गोलकिपर बिट भएको अवस्थामा पुसिसका तिर्थ रानाले गोल गर्न सकेनन्। १५ औ मिनेटमा पुलिसकै अन्जन राईले गरेको प्रहार एनआरटीका निरज बस्नेतले गोललाईनबाट हेड गर्दै जोगाएका थिए।

खेलको अन्त्यतिर खाली पोष्टमा पुलिसका राम वाजीले गरेको हेड बारमा लागेर फर्किएको थियो। 

एनआरटीका पनि केही सशक्त प्रहार खेर गएका थिए। खेलमा रेफ्रीले एक रातो कार्ड सहित सात पहेँलो कार्ड देखाएका थिए। प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १७ माघ २०७३ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App