coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुलेश्वरमा भिषण आगलागी

काठमाडौं — कुलेश्वरमा भिषण आगलागी भएको छ। कुलेश्वर चोकको नबिल बैंक अगाडि रहेकाे एक होटलबाट आगलागी सुरु भएको हाे। प्रहरीका अनुसार करिब पाैने ९ बजे सुरु भएकाे अागलागीका कारण २७ वटा पसलमा क्षति पुगेकाे छ।

६ दमकल र १० वटा ट्यांकरले आगो  नियन्त्रणमा अाएकाे छ।

प्रारम्भिक रिपोर्टअनुसार आगो छिमेकी घरमा फैलिने खतरा देखिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल कुलेश्वरमा परिचालन गरिएको थियाे। 

६ दमकल र १० वटा ट्यांकरकाे सहायताले करिब तीन घन्टापछि आगो नियन्त्रणमा अाएकाे प्रहरीले जनाएकाे छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आगो निभाउन नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको टोली खटिएको थियाे।

प्रकाशित: १६ माघ २०७३ १६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App