७ वैशाख २०८१ शुक्रबार
समाज

भत्ता बुझ्न बृद्धबृद्धा बैंकतिर

 बीरगन्ज- यसअघि कहिले पनि बैंकको सिढी नचढेकाहरु सरकारले बृद्धबृद्धा भनेर प्रमाणित गरिदिएको उमेरमा बैंकबाट पैसा बुझ्न पाउदा दंग छन्। सरकारले उपलब्ध गराउने समाजिक सुरक्षा भत्ता बुझ्न बैंक पुग्दा उत्साहित मात्र होइन नयाँ किसिमको प्रणालीको अभ्यास नहुँदाको संसयमा पनि भेंटिए बृद्धबृद्धा, अपांग र एकल महिला।

                ‘बैंकबाट पैसा लिनु हाम्रो लागि नौलो हो, कुन्नी कसो होला भनेर म त बिहान साढे ९ बजे नै यहाँ पुगीसकेको थिएँ,’ वीरगन्ज आदर्शनगरस्थित लक्ष्मी बैंक अगाडी भेंटिएका साबिक गाबिस सुगौली ९ पर्ने वीरगन्ज उपमाहानगरपालिका २९ घर भएका ६८ बर्षे अजिज मियाँले भने, ‘एउटा कुरामा ढुक्क छुँ, खातामा आएको पैसा काँही जाँदैन, मैले नै झिक्ने हो ।’         उनीसंगै आएका उनका छिमेकी अर्का बृद्ध इश्वर साह भने फरक किसिमले सोंचिरहेका थिए । ‘घर दैलो मैं पुग्नु पर्ने पैसाको लागि बैंकमा धाउनु पर्ने ठिक हो र?’ साहले भने, ‘पहिले दैलो मैं पैसा पुग्थ्यो, कहिले काँही ढिलो हुन्थ्यो किहिले काँही फिर्ता गयो भनेर सुनिन्थ्यो । अहिले फिर्ता नजाने पक्का भएको सुनेको छु खै के हो हेर्दौ जाऔं।’

                सदरमुकामभन्दा टाँढा र यातायातको सुबिधा नभएका गाउँका बृद्धबृद्धालाई भत्ताका लागि सहर आउन असजिलो भएको गुनासाहरु आइरहेको जिल्ला विकास समितिको कार्यालय पर्साका योजना अधिकृत अमित गिरी बताउछन् । ‘पहिले राज्य जनताको घर दैलोमा जान्थ्यो, अब जनता आफै बैंक जानु पर्ने लोककल्याणकारी राज्यको अवधारणा अनुसार पहिले कै ब्यवस्था उत्तम थियो,’ गिरीले भने, ‘केही कर्मचारीले जिम्मेवारी वहनमा बेइमानी गरेको घट्नाहरु भएर अहिले बैंकमार्फत भत्ता दिने नीति आएको हो, सरसर्ती हेर्दा गल्ती कसले गर्यो दुख निर्दोष जनताले लिदै आएको सेवा खोसिएको देखिए पनि यसका अरु पक्षहरु प्नि महत्वपुर्ण छन् ।’ समाजिक सूरक्षा भत्ताको १०/२० लाख रकम एउटा गाबिस सचिव बोकर जाँदा सुरक्षा चुनौति, अरु कारणले ढिलाई हुँदा कर्मचारीलाई अपजस जस्ता समस्या हटेको उनको बुझाई छ।

‘समाजिक सुरक्षा भत्ता समेत बाड्ने गरी बैंकिङ्ग सेवा ग्रामिण क्षेत्र सम्म अब पुग्नु पर्छ भन्नेमा अबको बहस हुनु्पर्छ,’ उनले थपे, ‘र बैंकहरुले त्यसता सेवाग्राहीलाई घण्टौं लाइनमा नबस्ने गरी सेवा दिनु पर्छ।’ समाजिक सुरक्षा भत्ता लिने बृद्धबृद्धा, अपांग र एकल महिलामध्ये धेरै जासोलाई बैंकमा आफ्नो नाम कै खता खुलेकोमा खुशीयाली छ। स्थानीय निकायका कर्मचारीमार्फत भत्ता आउँदा आफ्नो हातमा नपुगेको बिगतका अनुभवव भएकाहरु भने नयाँ ब्यवस्थाबाट बढी खुसी छन् । आउदा जाँदा पर्ने झण्झट थपिएको पनि धेरैको बुझाई छ । ‘भत्ता बाड्नेहरु कर्मचारीहरुले भरोसा गुमाएका थिए, मेरो श्रीमति रमावति देवीको अपांग भत्ता धेरैपटक गडबड भएको मलाई याद छ,’ मुक्ति प्रसादले भने, ‘पैसा कसो लागि आउथ्यो मालिक को हुने ? त्यसभन्दा बैंकबाट पाउनु धेरै राम्रो।’

अठराहाँबाट आएकी निमनिया देवीलाई बैंकले सोँचेभन्दा बढी समय लि दिएकोमा गुनासो गरीन् । ‘हामी काम गरेर खाने मान्छे, एक दिन त बैंकले नै लिदियो,’ वीरगन्ज आदर्शनगरस्थित लक्ष्मी बैंक अगाडी भेंटिएका महिलाहरुविच बसेकी उनले भनिन्, ‘गरिबलाई सास्ती काहाँ हट्छ र ?’ आउने जाने भाडा र लाग्ने समय खेर जाने भए पनि बैंकबाट पैसा नडुब्ने कोशिला देवीलाई आशा छ । पहिले गाबिस सचिवले पैसा लगेर बाड्ने र अहिले बैंकबाट आएर लैजानु पर्ने दुबैमा कुन चाँही राम्रो भन्नेमा हरिसिनी धोबिनलाई दुबिधा छ । ‘खै भन्न सकिन्न ४ घण्टा भयो आएको पैसा हातमा परोस, त्यसपछि भन्छुँ,’ उनले भनिन्।

                आर्थिक बर्ष २०७३/०७४ को दोस्रो चौमासिकको समाजिक सूरक्षा भत्ता पहिलो पटक लक्षितहरुलाई बैंकमार्फत दिन थालिएको वीरगन्ज –२९ का वडा सचिव घन श्यामप्रसाद कुर्मीले बताए। ‘पहिलो पटक कागजात भिडाउनु पर्ने भएकोलले बैंकमा अलि बढी समय लागेको हो,’ कुर्मीले भने, ‘अर्को चौमासिकदेखी सजिलो हुन्छ ।’ चौमासिकको अन्तमा आउने पैसा नउठाएमा पहिले फ्रिज भएर जादा लक्षित ब्यक्तिको हातमा नपुग्ने भएकोले खबर भएको बेला पैसा लि हाल्नु पर्छ भनेर एकै पटक बैंकमा पुग्दा घुँइचो देखिएको लक्ष्मी बैंकका शाखा प्रबन्धक अमितेश यादवले बताए । उनका अनुसार समाजिक सुरक्षा बाड्ने बैंकले बेग्लै काउन्टर नै संचालन गरेको छ।

वीरगन्ज उपमाहानगरपालिका कार्यालयका लेखाप्रमुख हरिकिशोर प्रसादका अनुसार यहाँका सबै ३० वटा वडाका ९ हजार ३ सय ७८ जनाको समाजिक सूरक्षा भत्ता बितरणका लागि कृषी विकास बैंक, लक्षमी बैंक र नेपाल बैंकका ४ वटा शाखालाई जिम्मा दिइएको छ । ‘सम्बन्धीत ब्यक्तिले पैसा नउठाए असारपछि फिज भएर जान्थ्यो, अब खातामा आएपछि उसको नाममा सूरक्षित भयो,’ प्रसादले भने, ‘अचलस्त मान्छे छ भने उसले चेकमा सही गरेर पठाउन सक्छ। औंठा छाप लगाउनेले चेकमा वडा सचिवको रोहवरमा सहि गरेर आफ्नो नजिकको ब्यक्तिलाई पठाएर बैंकबाट पैसा झिक्न सक्छ।’

यसमा बढी पारदर्शीता रहेको उनको भनाई छ । पर्सामा वीरगन्ज उपमाहानगरपालिका बाहेक जिल्लाविकास समितिमार्फत निकासा हुनेमध्ये १० गाबिसहरुमा मात्र अहिले बैंकमार्फत समाजिक सूरक्षाको वितरण हुँदैछ । ग्रामिण क्षेत्रमा बैंकहरु नहुँदा ५१ गबिसमा अहिले पनि गाबिस सचिव मार्फत भत्ता बितरण हुन्छ । वीरगन्ज उपमाहानगरपालिका र पोखरिया नगरपालिका बाहेकका गाबिसमा मात्र बर्षमा ३५ करोडभन्दा बढी रुपैयाँ  समाजिक सूरक्षा भत्तामा यो बर्ष वितरण हुने भएको छ।   

 

 

 

प्रकाशित: १६ माघ २०७३ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App