coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भन्साली पिटिँदा दीपिकालाई पीडा

पद्मावती फिल्मको कथावस्तुलाई लिएर निर्मार्ता संजय लीला भन्सालीमाथि भएको कुटपिटप्रति अभिनेत्री दीपिका पादुकोन दुखित बनेकी छन् । फिल्मकी मुख्य अभिनेत्रीसमेत रहेकी पादुकोनले उक्त घटापछि आफू मुर्छित भएकी बताएकी छन् ।

‘शुक्रबार संजयलीला भन्सालीमाथि भएको कुटपिटले निकै निराश बनाएको छ । पद्मावतीको तर्फबाट म के विश्वास दिलाउन चाहन्छु भने फिल्ममा इतिहासलाई कुनै तरोडमरोड गरिएको छैन,’ उनले ट्विटरमा लेखेकी छन् । फिल्मको माध्यमबाट एक साहसी महिलाको कथा संसारलाई अवगत गराउन चाहेको उनले बताएकी छन् ।

फिल्मका दौरान निर्माता भन्सालीलाई हानथाप गरेको र उनको सर्टसमेत च्यातिदिएको भन्दै उनले खिन्नता जनाएकी छन् । ‘ती समूहले हानथाप गर्नुका साथै क्यामेरा र अन्य उपकरणमा पनि क्षति पु¥याएको छ । जुन निन्दनीय छ,’ उनले भनेकी छन् । पादुकोनले भन्सालीसँग रामलीला, बाजीराज मस्तानीमा काम गरेकी छन् ।

भन्सालीमाथिको आक्रमणको फिल्मका अभिनेताद्वय रणवीर सिंह र शाहिद कपुरले पनि दुःख ब्यक्त गरेका छन् ।

 

प्रकाशित: १६ माघ २०७३ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App