coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले मुस्लिम देशका नेतासँग वार्ता गर्ने

वासिङटन डिसी—अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएकोबारे टेलिफोन वार्ता गर्ने भएका छन्। केही देशका मुस्लीमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लीम देशका नेतासँग आइतबार कुराकानी गर्न लागेका हुन्। 

ट्रम्पले दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपति ह्वाङ क्यो अहङसँग पनि कुराकानी गर्ने तयारी गरेकाे अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। 

ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उनी सबैसँग केही देशका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरका बारेमा छलफल हुने जनाइएको छ। यही जनवरी २० देखि अमेरिकाको राष्ट्रपतिको जिम्मेबारी लिनुभएका ट्रम्पले सबैभन्दा पहिला साउदी अरवका राजा सलामनसँग कुराकानी गर्नेछन्।  

त्यसपछि उनले युएइका अधिराजकुमार मोहम्मदबिन जयद अल नह्यानसँग टेलिफोन बार्ता गर्ने कार्यतालिका रहेको छ। 

अमेरिकाले प्रवेशमा रोक लगाएका देशमा साउदी अरव र युएइ कुनै देश पर्दैनन्। ट्रम्पले इरान, ईराक, लिविया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको हो।

प्रकाशित: १६ माघ २०७३ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App