coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

१ लाख सहित नवलपुर कपको उपाधि नवलपुर युवा क्लबलाई

सिन्धुपाल्चोक- आयोजक नवलपुर युनाइटेड क्लबलाई हराउँदै नवलपुर युवा क्लब, टाकुरे नवलपुर क्षेत्रीय कपको च्याम्पियन बनेको छ। शनिबार बाँडेगाउँको डडुवाखर्कस्थित मैदानमा भएको फाइनल खेलमा १–० अन्तरले नवलपुर युवा क्लब विजयी भएको हो । विजयी गोल क्लबका स्ट्राइकर सुरेश खत्रीले प्रहार गरेका थिए।

विजयी क्लबले उपाधिसहित एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार प्राप्त गरेको छ । च्याम्पियन क्लबलाई प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाँले शिल्ड प्रदान गरे भने वल्ड ट्रेल फाइन्डर एन्भेन्चर्सका प्रबन्ध निर्देशक सुदिप मोक्तानले चेक हस्तान्तरण गरे।

खेलाडीको लय मिलेकोले खेल जित्ने आशा पहिलेदेखि नै गरेको विजेता टोलीको प्रशिक्षक एवं निर्देशक समीर लामाले बताए। दोस्रो भएको आयोजक नवलपुर युनाइटेड क्लब ‘ए’ लाई एन्फाका पूर्वउपाध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले शिल्ड प्रदान गरे भने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं समाजसेवी वंशलाल तामाङले चेक प्रदान गरे। दोस्रो हुन सफल ५१ हजार एक सय ५१ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी तेस्रो हुन सफल सिपाघाट युवा क्लबलाई नगद २१ हजार एक सय २१ प्रदान गरियो । तेस्रो क्बलका खेलाडीलाई कांग्रेस महाधिवेशन प्रतिनिधिद्वय बिलबहादुर तामाङ र श्री लामाले शिल्ड तथा नगद पुरस्कार प्रदान गरेका थिए।

माघ १ बाट सुरु भएको खेलका सर्वाधिक गोलकर्ता आयोजक नवलपुर युनाइटेक क्लब ए का सञ्जु काफ्ले घोषित भए। २२ टोली सहभागी खेलमा काफ्लेले ६ गोल गरेका थिए। त्यसैगरी फाइनल खेलमा सुरेन्द्र गुरुङ म्यान अफ दि म्याच घोषित भए । आयोजक क्लबकै प्रदीप मगर उत्कृष्ट खेलाडी दरिए । रामेश्वर श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । उत्कृष्ट गोलकिपरको उपाधि भने वाङ्जु लामाले हात पारे । म्यान अफ दि म्याच र उत्कृष्ट खेलाडीले नगद १० हजारसहित ट्रफी प्राप्त गरे भने उत्कृष्ट डिफेन्डर रामेश्वर श्रेष्ठ र उत्कृष्ट गोलकिपर वाङ्जु शेर्पाले पाँच हजार नगदसहित ट्रफी प्राप्त गरे । नवलपुर पाडामारुवाका खेलाडी गम्भीर लामालाई पनि नगद पाँचहजार सहित सम्मान गरियो । सबै खेलाडीलाई प्रायोजक वल्ड ट्रेल फाइन्डरका प्रबन्ध निर्देशक सुदिप मोक्तानले सम्मान गरेका थिए।

खेलमा अनुशासित र दर्शकको मन जित्न सफल थकनी क्लब, तालामाराङ क्बल, एनटिवाइसी क्लबलाई पनि नगद पाँचहजारसहित सम्मान गरियो।

 

प्रकाशित: १६ माघ २०७३ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App