१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने

वाशिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको शरणार्थीहरुलाई निर्वासित गर्ने फैसला अदालतले रोक लगाएको छ । यो निर्णयसँगै ती शरणार्थीहरु अमेरिकामै बस्न पाउने भएका छन् । तर अदालतको यो निर्णय हाल स्थायी भएको एजेन्सीले जनाएको छ ।

दी अमेरिकन सिभिल लिबर्टीज युनियनले ट्रम्पको आदेशविरुद्ध रिट दायर गरेको थियो । यही रिटमा अदालते त्यस्तो फैसला सुनाएको हो । यो फैसलासँगै पक्राउ परेका ब्यक्तिहरुलाई निर्वासित गरिने छैन । अदालतलको यो फैसलालाई धेरैले स्वागत पनि गरेका छन् ।

अदालतका न्यायाधीशले पक्राउ परेका ब्यक्तिहरुको विवरण पेस गर्न सरकारसँग माग गरेको छ । यसको अर्को सुनुवाइ फेब्रुअरीमा हुने बताइएको छ ।

सयौं मुस्लिम पक्राउ
नयाँ आदेश आएलगत्तै विमानस्थलमा रहेका सयभन्दा बढी मुस्लिमलाई हिरासतमा लिइएको छ । जन अफ केनेडी विमानस्थलमा पनि दुई इराकी पक्राउ परेका छन् । जसमध्ये एक जना अमेरिकी सैनिकका लागि दोभाषेको काम गर्दै आएका थिए । एक जनालाई रिहाइमुक्त गरेपनि अर्को अझै हिरासतमै रहेको एजेन्सीले जनाएको छ । ट्रम्पको आदेशपछि विभिन्न एयरलायन्स कम्पनीहरुले पनि त्यस्ता ब्यक्तिहरुको यात्रा गराउन नसक्ने उल्लेख गरेको छ । 

प्रकाशित: १६ माघ २०७३ ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App