coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिककर्मी केसी सम्मानित

जाजरकोट- नागरिक दैनिकका जाजरकोट संवाददाता जनक केसी सम्मानित भएका छन्।  जिल्लाको उधोग तथा व्यापार प्रवर्धनमा पत्रकारीताको माध्यमवाट योगदान दिएको भन्दै  केसीलाइ सम्मान गरिएको हो।

 जाजरकोट उधोग वाणिज्य संघको ११औं  साधारण सभाको अवसरमा केसीलाइ  दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो।

 केसी डेढदशक देखि पत्रकारीतामा क्रियाशील छन्।  जिल्लाको आर्थिक,सामाजिक साँस्कृतिक परिवर्तन तथा समग्र विकासका लागि  उध्योग वाणिज्य संघले सन्चालन गरेका अभियानहरुमा पत्रकारीताका माध्यमवाट योगदान दिएकोले   सम्मान गरिएको जाजरकोट उधोग वाणिज्य संघका अध्यक्ष कमानवहादुर खड्काले वताए।   केसीलाई बरिष्ठ कृषि विकास अधिकृत डा. श्रीराम घिमिरेले  सम्मान गरेका थिए।  कार्यक्रममा  नागरिककर्मी केसी सहित अन्य क्षेत्रका व्यक्तिहरुलाइ पनि सम्मान गरिएको छ।  साधारण सभाका अवसरमा  स्थानीय व्यापारी कृष्ण मल्ल, भीमवहादुर कार्की, त्रिभुवन माध्यमिक विद्यालय, भेरी मालिका नगरपालिका लगायतलाइ पनि सम्मान गरिएको  छ। 

प्रकाशित: १६ माघ २०७३ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App