४ वैशाख २०८१ मंगलबार
राजनीति

मन्त्री पाण्डेलाई पितृशोक

काठमाडौं- भूमिसुधार तथा व्यवस्थामन्त्री बिक्रमबहादुर पाण्डेका पिता चन्द्रराज पाण्डेको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उच्च रक्तचाप र मधुमेहरोगबाट पीडित पाण्डेको बूढानीलकण्ठस्थित आफ्नै निवासमा बिहान करिब ५ बजे निधन भएको उहाँको परिवारले जनाएको छ।

 
कालिका कन्स्ट्रक्सन प्रालिका संस्थापकसमेत रहनुभएका पाण्डे समाजसेवाका क्षेत्रमा पनि सक्रिय थिए। स्व. पाण्डेको चार छोरा छन्। स्व. पाण्डेप्रति श्रद्धाञ्जलि दिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, केन्द्रीय अध्यक्ष कमल थापालगायत बूढानीलकण्ठ पुगेृका थिए। 

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका नेता जनक पाठकले जानकारी दिए। रासस

प्रकाशित: १६ माघ २०७३ ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App