coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रीको आवतजावतमा तीव्रता

तिलोत्तमा (रुपन्देही)—प्रदेशको राजधानी र स्थानीय निर्वाचनलाई लक्षित गरेर रुपन्देहीमा मन्त्रीहरु तथा नेताहरु आवतजावतमा तीव्रता आएको छ। 

महत्वपूर्ण कार्यक्रमभन्दा पनि आफ्नो उपस्थिति देखाउन र कार्यकर्तासँग नजिक हुनका लागि मन्त्रीहरु रुपन्देहीमा पटकपटक आउने गरेका छन्। रुपन्देहीमा आज तीन मन्त्री विभिन्न कार्यक्रमा सहभागी भएका छन्। 

रक्षामन्त्री बालकृष्ण खाँण, वनमन्त्री शङ्कर भण्डारी, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक बोहरा बुटवल तथा आसपासका कार्यक्रममा सहभागी भए।

रक्षामन्त्री बालकृष्ण खाँण रुपन्देही जिल्लामा आज बिहानैदेखि व्यस्त भए। तिलोत्तमा नगरपालिका–१७ को सामाजिक भवन शिलान्यास गरेका छन्। मन्त्री खाँण नेपाल मुस्लिम सङ्घ रुपन्देहीको दोस्रो अधिवेशन भैरहवा उद्‌घाटन गरे। 

उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने हर्नेया–९ मा सामाजिक भवनको पनि शिलान्यास गरे। उनले भोलि बिहान बिपी स्मृति भवनको आनन्दवन गाविसमा भवनको उद्‌घाटन गर्ने कार्यक्रम छ। 

यस्तै यज्ञदय बहुमुखी क्यापसको भवन पनि उद्‌घाटन गर्ने अनि दिउँसो सहिद दिवसको अवसरमा हुने कार्यक्रममा मन्त्री खाँण सहभागी हुनुभएको पार्टी जिल्ला सचिव रामकृष्ण खाँणले बताए। 

रुपन्देही क्षेत्र नं ३ का सभासद्समेत रहनुभएका खाँणले निर्वाचनलाई केन्द्रित गरेर जिल्लामा आवतजावतलाई तीव्रता दिएको पार्टीका नेताहरु बताउँछन्। 

वनमन्त्री शङ्कर भण्डारी शिवनगर सामुदाय बुटवल–९ को साधारणसभा तथा अधिवेशनको अवसरमा आज दिउँसो बुटवल आइपुगे। उनले वन कार्यालय अरु कार्यक्रमसँगै केही कार्यकर्ता भेटघाटमा पनि व्यस्त भए।

नेपाली काँग्रेसका केन्द्रीय नेतासमेत रहेका भण्डारीले पार्टी कार्यकर्तासँग भेटघाट गरेका छन्। नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कुमार केसीले नेताहरु आवतजावतमा हिजोआज तीव्रता पाएको सुनाए।
 

वाणिज्य तथा आपूर्तिमन्त्री दीपक बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुटवल नगर अधिवेशन उद्‌घाटन गर्न आजै दिउँसो बुटवल बएका छन्। औपचारिक कार्यक्रमपछि कार्यकर्तासँग भेटघाटमा पनि तीव्रता दिएका थिए।

अब हुने पार्टीको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी स्थानीयस्तरमा कार्यकर्ता बलियो बनाउने उद्देश्यले उनले बुटवल आएका उक्त पार्टीका नेताहरुले बताएका छन्। रुपन्देही गृहजिल्ला भएका बोहरा पार्टीका उपाध्यक्षसमेत हुन्। रासस 

प्रकाशित: १६ माघ २०७३ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App