७ वैशाख २०८१ शुक्रबार
अर्थ

दैनिक २ लाख लिटर दूध अपुग

ललितपुर– देशभरअचेलदैनिक२ लाख लिटर दूधअपुग देखिएको छ । दूधको मागअनुसार उत्पादनहुननसक्दाअपुग देखिएको हो ।गाउँमाउत्पादनभएको दूधको बिक्रीहुने केन्द्र सहर नै हो । सहरमादूधबिक्री गरी गाउँमा दैनिक ३ करोड ५० लाख रुपैयाँपुग्ने गरेको केन्द्रीयदुग्ध सहकारी संघले जनाएको छ ।

संघका सल्लाहकार धर्मदत्त देवकोटाले मुलुकलाई दूधमाआत्मनिर्भर बनाउन सरकारले पशुपालक कृषकलाई अनुदान बढाउनुपर्ने बताए । ‘देशभर दैनिक७लाख लिटर दूधखपत हुन्छ,’ उनले भने,‘संकलन५ लाख लिटर मात्रै छ, उत्पादन र बजारमागतुलनागर्दा २ लाख लिटर दूधअपुग छ ।’

देशभर १८ सय ५५ वटा दुग्ध सहकारी संस्था छन् । उत्पादनलागतको आधारमादुग्धउत्पादककिसानलाई मर्का परेकोले किसानले पनिदूधको मूल्य वृद्धि गर्नुपर्ने मागराखेका छन् ।

ललितपुरमा दैनिक ४० हजार लिटर दूध बिक्रीबाट दुई लाख ४० हजार रुपैयाँ र वार्षिक एक करोड ५० लाख लिटर दूधउत्पादनहुन्छ भने वार्षिक ८५ करोड रुपैयाँभन्दा बढीको दूधबिक्रीहुने गरेको छ । यो रकमललितपुरकै सहरबाट गाउँमा रहेकादूधउत्पादककिसानको घर–घरमाजाने गरेको ललितपुर जिल्लादुग्धउत्पादक सहकारी संघका व्यवस्थापक उद्धबप्रसाद घिमिरेले जानकारी दिए । ‘किसानको फार्म सर्वेक्षण गर्दा ललितपुर जिल्लामा ९९ प्रतिशत भैंसीपालनबाट दूधउत्पादनगरेको पाइयो,’ उनले भने, ‘यहाँकाअधिकांशकिसानहरु भैंसीपालनमाआर्कषित रहेछन् ।’
ललितपुर दुग्धउत्पादक सहकारी संघका अध्यक्ष कृष्णमान लामाले किसानलाई अनुदान बढाएर कृषि पेसामालाग्न पे्ररित गर्नु आवश्यक रहेको बताए । उनले  भने, ‘सरकारले हरेक घरबाट दूधउत्पादनहुनुपर्नेविषयलाई कानुनमै उठाएदुधउत्पादन बढाउन सकिन्छ ।’उनले ललितपुरमादूधको विविधीकरण गर्ने भवनबनाउन राज्यले आर्थिक सहयोग गर्नुपर्ने मागसमेत राखे । ‘दूधनीति २०६४ सदनबाट पास गर्ने चरणमा छ,’उनले भने यो नीति सदनबाट पास भएपछि कृषक र व्यावसायिक रुपमापशुपालनगर्न चाहने कृषकलाई सहज हुन्छ ।’
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरिबजगाईंले पशुको संख्या वृद्धि गरी उत्पादनलागत घटाएर दूधको उत्पादन बढाउनेतिर लाग्नुपर्ने खाँचोऔंल्याए । उनले अहिले दूधओसारपसार गर्नप्रयोग भएको प्लाटिकको भाडा उचितनभएकोलेत्यसलाई रोक्नुपर्नेबताए । ‘दूधको गुणस्तर सुधार र उत्पादनवृद्धिका लागिराज्यले पनि सक्दो पहलगर्नुप¥यो,’ उनले भने ।
जिल्लापशुसेवाकार्यालयकाप्रमुख डा. गगन बिष्टले कृषि क्षेत्रको विकासकालागि भुइँघाँस, डाले घाँसखेतीतर्फ पनिउन्मुखहुनुपर्ने जानकारी दिए ।

प्रकाशित: १६ माघ २०७३ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App