७ वैशाख २०८१ शुक्रबार
राजनीति

शशांकलाई एअर एम्बुलेन्सबाट बाहिर लैजाने अवस्था छैनः अस्पताल

अाेम अस्पतालका निर्देशक हरिकिशाेर श्रेष्ठसँग कांग्रेस नेता रमेश लेखक। तस्बिर: प्रबिन काेइराला

संजय थापा

काठमाडौं– गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई एअर एम्बुलेन्सबाट बाहिर उपचार गर्न लैजानसक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ। नेपाली कांग्रेले एअर एम्बुलेन्सबाट उपचार गर्न बाहिर लैजानुपर्ने बताएपछि अस्पतालले अहिले कै अवस्थामा विमानस्थलसम्म पनि लैजान नमिल्ने अस्पतालले जनाएको छ।

‘अहिले उहाँको (शशांक) को जुन अवस्थामा उपचार भइरहेको छ त्यहाँबाट कतैपनि लैजान मिल्दैन,’ अस्पतालका निर्देशक हरिकिशोर श्रेष्ठले भने,‘ अहिलेको अवस्थामा बाहिर लैजाने कुरा असंभ छ।’

कांग्रेस नेता रमेश लेखकले थप उपचारका लागि कोइराललाई एअर एम्बुलेन्सबाट बाहिर लौजाने बताएपछि अस्पतालको यस्तो प्रतिक्रिया आएको हो। शशांकका नातेदार अतुल कोइरालाले एअर एम्बुलेसन्सलाई तयारी अवस्थामा राखिएको र आवश्यक परे त्यसको प्रयोग गर्ने बताए।

 

प्रकाशित: २२ असार २०७३ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App