coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

घरेलु मैदानमा झापाको रवाफ

बलका लागि भिड्दै झापा (निलो) र शेर ए का खेलाडी। तस्विरः राजु अधिकारी

झापा– मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्ड कपमा आयोजक रमपम झापा–११ ले विजयी शुरुवात गरेको छ । शनिबार उद्घाटन खेलमा झापाले कालिम्पोङको शेर ‘ए’ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

विर्तामोडको डोमालाला रंगशालामा घरेलु टोलीले एकपक्षीय रुपमा हावी बनेको थियो । झापाका सञ्जोग राई, बुद्ध चेम्जोङ, पुजन उपरकोटी, कर्ण लिम्बु र पिटर सेगुनले गोल गरेका थिए । खेलभर पाहुना टोली शेर ए क्लबले लयमा भेट्टाउन सकेन । विपक्षी पोष्टमा एउटै आक्रमण बुन्न नसकेको शेर ए अन्ततः फराकिलो हारसँग घर फर्किएको छ ।

संजोग राईको गोलमा झापाले चौथो मिनेटमै अग्रता लिएको थियो । नेपाली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका रजिन  धिमालको पासमा पेनाल्टी बक्सभित्र रहेका संजोगले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । गोल खाएपछि शेर एको लय झनै बिग्रियो । विपक्षी टोलीले सन्तुलन गुमाउँदा झापाले थप गोल गर्ने अवसर पायो ।

झापाका बुद्वले ३७ औं मिनेटमा अग्रता दोब्बर पारे । बुद्धले संजोगकै पासमा गोल गरेका थिए ।  लगत्तै झापाले कर्नर पाएको थियो । कप्तान कर्ण लिम्बुको कर्नर प्रहारलाई कसैको निगरानीमा नरहेका पुजनले हेड मार्फत बललाई पोष्टको दिशा दिए । पहिलो हाफमै तीन शुन्यको अग्रता लिएको झापाले दोस्रो हाफमा थप दुई गोल थप्यो ।

मध्यान्तरपछि शेर एले लयमा फर्किन प्रयास गरेको थियो । धेरै समय बल नियन्त्रणमा राखे पनि शेर एले झापा पोष्टमा आक्रमण भने गर्न सकेन । खेलको ८४ औं मिनेटमा भरपर्दा  स्ट्राइकर कर्णले झापाको अग्रता फराकिलो बनाए । उनले बुद्वको पासमा गोल गरेका हुन् ।
लगत्तै बिदेशी खेलाडी पिटर सेगुनले मैदानको मध्यभागबाट एकल प्रयासमा बल अघि बढाएर पाँचौ गोल थपे । उनले शेर एका तीन  जना रक्षकलाई छलाउदै सुन्दर गोल गरेका थिए ।

खेल अवधि भर झापाको आधा दर्जनभन्दा बढी प्रहार बाहिरिएको थियो । झापाका संजोग म्यान अफ दी म्याच घोषित भए । उनले ७ हजार रुपैयाँ नगद सहित दुई हजार मुल्य बराबरको सिल्भर मेडल प्राप्त गरे । आइतबार  नेपाल पुलिस क्लब ररानी पोखरी कर्नर टीम (एनआरटी) बीच खेल हुनेछ ।

प्रतियोगितामा एक विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपौया नगद पुरस्कार पाउनेछन् ।


 

प्रकाशित: १६ माघ २०७३ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App