मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्तावः नेता सिंह

शनिबार, १५ माघ २०७३, १४ : ३४ नागरिक

काठमाडौँ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसका जायज मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव आएको बताएका छन्।

नेपाली काँग्रेस नागार्जुन नगर समितिले शनिबार यहाँ आयोजना गरेको ‘क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम’मा नेता सिंहले मधेसी दलका जायज मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव आएकाले सबै दल मिल्नुको विकल्प नरहेको बताए।

उनले संविधान संशोधन गरेर तीन तहको निर्वाचन नगरे अहिलेसम्म भएका उपलब्धि गुम्ने हुँदा चाँडो निर्वाचनको मिति तोकेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “काँग्रेस, एमाले र (माओवादी केन्द्र)को सहमतिमा संविधान निर्माण भएको हो यिनै दलको सहमतिमा संशोधन गरेर अगाडि बढौँ ।”

नेता सिंहले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको मुख्य जिम्मेवार काँग्रेसकै काँधमा आएको भन्दै राष्ट्र जोगाउनका लागि नेपाली काँग्रेस जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट पारे।

सांसद राज्यलक्ष्मी श्रेष्ठले मुलुकलाई जोगाउनका लागि सबै दलको उत्तिकै जिम्मेबारी रहेकाले वार्ता र छलफलबाट समस्या समाधान गर्नुपर्ने बताए।

नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले संविधान संशोधनमार्फत तीन तहको निर्वाचन गरेर मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि लैजानुपर्ने बताए।

समितिका अध्यक्ष केदार मानन्धरले सबै सदस्यलाई पार्टीको नीति तथा कार्यक्रमको बारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए। रासस








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad