८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीका डाँडा हिउँमय, जनजीवन प्रभावित

कालिकोट- पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम बदली भइरहेका बेला कर्णालीमा पनि यसको प्रभाव परेको छ। कर्णलीका कालिकोटसहित ५ वटै जिल्लामा हिमपात र वर्षासमेत भएको छ। पानी र हिमपातका कारण धेरै चिसो बढेको छ।

धेरै चिसोको महसुस भए पनि अब जाडो हराउने मौसमविदको दाबी छ। शुक्रबार विहानैदेखिको वर्षाले कर्णालीको जनजीवन प्रभावित भएको छ। कर्णालीका ५ वटै जिल्लामा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ। कालिकोटका डाडाँकाडा र हिलालहरु हिमपात भएपछि सताम्ये छन्।

मौसमविदका अनुसार शुक्रबार र शनिबार चिसो बढ्नेछ। तर, यो जाडो धेरै दिनसम्म रहने छैन। यस वर्ष जनवरी १६ मा सबैभन्दा धेरै जाडो महसुस गरिएको थियो। कालिकोटर शुक्रबार बिहान ४ बजेदेखि अविरल परेको वर्षासँगै बाक्लो हिमपातले सबैभन्दा बढी पशुपालक कृषक मारमा परेका छन्।

हिमपातले कालिकोटलगायत आसपासका जिल्लाका पशुपालक कृषक बढी मारमा परेका हुन। भेडा, बाख्रा, घोडा, भैसी, गाइलगायतका पशुपालनको एक प्रमुख क्षेत्र मानिने कालिकोट जुम्ला, हुम्ला मुगु डोल्पामा बाक्लो हिमपात हुँदा पशुबस्तुहरुलाई चराउन कठिनाई उत्पन्न भएको छ।

कालिकोटमा मात्रै जिल्ला पशुसेवा कार्यालयमा दर्ता भएका करिव १५ वटा बाख्रपालन, ७ वटा भेडापालन, ११ वटा भैसीपालन र १४ वटा कुखुरापालन र एउटा बंगुर पालन फारम नै दर्ता गरी व्यबसायीक कृषकहरु रहेको जिल्ला पशुसेवा कार्यालयमा योजना अधिकृत नेत्रबहादुर शाहीले बताए। लामो समयसम्मको पानी तथा हिमपात भएपछि चिसोले पशुबस्तुमा निमोनिया बढ्ने भएकाले पशु कृषकहरुले आफ्नो पशुबस्तुलाई न्यानोपनका लागि सोतरको राम्रो ब्यवस्थापन गरी दानपानीमा बढी ध्यान दिनुपर्ने पशुसेवा कार्यालयका निमित्त पशुचिकित्सक बज्रकिशोर ठाकुरले बताए।

जिल्ला कृषि विकास कार्यालयले धेरै दिनको खडेरी पछि भारी बर्षा हुँदा खेती तथा फलफूलवाला कृषकलाई खुसी भएका बताइएको छ। कृषकहरुले लगाएको हिउदेबाली गहुँ जौ, फापर जस्ता बालीहरुलाई राम्रो भएको छ भने ओखर, स्याउ लगायतका विरुवाहरु रोप्ने उपयुक्त सिजनमा झरी परेकाले कृषकहरुलाई एकदमै लाभदायक मौसम भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ। जिल्ला अस्पतालका प्रमुख डा.कौशल अलीका अनुसार जल्ला स्वास्थ्य कार्यालय कालिकोटले बढ्दो चिसोका कारण बालबालिका र बृद्धाबृद्धहरुलाई रुगाखोकी निमोनिया दम जस्ता रोगहरु लाग्ने सम्भावना भएकाले चिसोबाट बच्न न्यानो कपडासहित तातोमा रहन सर्वसाधारणलाई आग्रह छ।

प्रकाशित: १५ माघ २०७३ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App