६ वैशाख २०८१ बिहीबार
अर्थ

ललितपुर मलमा ‘मोबाइल एक्स्पो’ शुरु

ललितपुर– ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शुक्रबारदेखि शुरु गरेको मोबाइल एक्स्पो २०१७ औपचारिक रुपमा शुरु भएको छ। आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छूट र उपहारसहित उत्सवमय बनाउन यही माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल एक्स्पो आयोजना गरेको कम्प्लेक्सले जनाएको छ।

‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्ने मूल नाराका साथ शुरु भएको मोबाइल एक्स्पोको औपचारिक उद्घाटन माननीय उद्योग मन्त्री नविन्द्रराज जोशीले गरे। कार्यक्रममा बोल्दै उद्योगमन्त्री जोशीले मोबाइलको उद्योग खोल्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्दै सरकारले सहयोग गर्ने विश्वास दिलाए।  त्यसैगरी मोबाइल एक्स्पोले ग्राहकहरुलाई विभिन्न सुविधा दिनुपर्ने भन्दै बारम्बार ग्राहकहरुलाई आकर्षित गर्न यस्ता कार्यक्रम आवश्यक हुने बताए।

उद्योग मन्त्रीले मलमा आयोजना भइरहेको संस्कृतीका बारेमा पनि आफ्नो विचार व्यक्त गरे। उनले संस्कृती र संरक्षण गर्नुपर्ने भन्दै संस्कृति राष्ट्रिय गौरबको विषय भएको बताए। उनले भने, ‘संस्कृतिको संरक्षण अति महत्वपूर्ण हो।’
कार्यक्रममा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल एक्स्पोमा हरेक ग्राहकलाई खुसीका साथ मोबाइल किन्ने वातावरण बनाएको जानकारी दिए। निःशुल्क भ्रमण गर्न सकिने एक्स्पोमा हरेक मोबाइलको खरिदमा उपहार राखिएको उनले बताए।

नेपालको एक मात्र व्यवस्थित र सक्कली सामाग्री पाइने ललितपुर मोबाइल कम्प्लेक्समा ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइलमर्मतको सेवा प्राप्त गर्न सक्नेछन् । प्रवेश निःशुल्क रहेको मोबाइल एक्स्पोमा ग्राहकहरुले न्यूनतम रु.९०० देखि रु.१ लाख ४० हजारसम्मका विभिन्न ब्राण्डका फोनहरु किन्न सक्ने जनाइएको छ।

ग्राहकहरुलाई नयाँ मोबाइल प्रविधिको बारेमा जानकारी दिनका लागि निःशुल्क प्रवेश राखिएको छ भने नयाँ प्रविधिसँगै अपडेट गराउने गरी विभिन्न ब्राण्डका मोबाइलहरु प्रदर्शनमा राखिएको जनाइएको छ।

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन्। ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढी मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर सञ्चालनमा छन्।

कम्प्लेक्समा सामसुङ, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध रहेको जनाइएको छ।

प्रकाशित: १४ माघ २०७३ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App