७ वैशाख २०८१ शुक्रबार
अर्थ

निःशुल्क कार–वासदेखि युरोप भ्रमणसम्म

काठमाडौं– जर्मनीको बहुराष्ट्रिय मोटर निर्माता कम्पनी तथा विश्वको नं १ मोटर कार ब्राण्ड फक्सवागन नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपालले ‘फक्सवागन–एक्स्चेन्ज कार्निभल’ सुरु गरेको छ ।

माघ १५ देखि २१ गतेसम्म फक्सवागनका थापाथली र पानीपोखरीस्थित आधिकारिक बिक्री केन्द्रहरुमा ७ दिन चल्ने यस कार्निभलमा आफूसँग भएका जुनसुकै ब्राण्डका पूराना गाडीहरु नेपालमा उपलब्ध फक्सवागनको पोेलो, भेन्टो, बीटल र टिगुुअनसहित सबै मोडलहरुमा एक्स्चेन्ज अफर लागू गरिने कम्पनीले जनाएको छ।

कम्पनीले प्रत्येक गाडीको बुकिङ्गमा हरेक दम्पत्तिलाई थाइल्याण्ड भ्रमण गराउने तथा एक जनालाई भाग्यशाली चिट्ठाबाट युरोप भ्रमणको अवसर प्राप्त गराउने जनाएको छ। कार्निभलमा गाडीको बुकिङ्ग गर्ने ग्राहकहरुलाई पूर्व मिस नेपालद्वारा स्वागत गरी महिलाहरुका लागि निःशुल्क सेफ्टी ड्राइभिङ्ग तालिम र एशेसरिज उपलब्ध गराउनुका साथै पुरानो गाडीको मूल्याङ्कनमा अधिकतम मूल्य उपलब्ध गराइने जनाएको छ।

कम्पनीका अनुसार कार्निभलमा अवलोकन गर्ने सम्पूर्ण आगन्तुक महानुभावहरुलाई निःशुल्क कार–वास सेवा प्रदान गरिने छ। यसका अतिरिक्त ग्राहकहरुको सुविधाको लागि फुड–स्टल, जादू कार्यक्रम, एक्स्चेन्ज बोनस र टेस्ट ड्राइभ गर्नेहरुलाई विशेष उपहार उपलब्ध गराइने छ।

फक्सवागनका गाडीहरुमा दुई वर्षसम्म असीमित वारेण्टि दिइने जनाउँदै कम्पनीले बजारमा उपलब्ध अन्य कम्पनीका गाडीहरुभन्दा फक्सवागनका गाडीहरु उपभाभोक्ता–मैत्री रहेको कम्पनीले दावी गर्दै आएको छ।

प्रकाशित: १४ माघ २०७३ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App