८ वैशाख २०८१ शनिबार
कला

सिमसिमे पानीबीच पोखरामा साहित्य महोत्सव सुरु

नेपाल साहित्य महोत्सव उद्‌घाटन गर्दै ध्रुवचन्द्र गाैतम तथा भारतीय लेखक रामचन्द्र गुहा। तस्विरः सामिप्य

पोखरा— बिहानेदेखि परिरहेको वर्षाका कारण एक घन्टा ढिलोगरी नेपाल साहित्य महोत्सवको छैटौं शृंखला शुक्रबारदेखि पोखरामा सुरु भएको छ। बिहानैदेखि पानी परेपछि वक्ताहरु मञ्चमा छाता ओढेर छलफलमा सहभागी भएका छन्।

‘विदेशतिर एउटै लेखकको एउटै कृतिमा यहाँनिर उत्तरआधुनिकता छ र यहाँनिर छैन भनेर किटेर लेख्ने चलन छ। हाम्रोमा यस्तो गहिराई अझै विकसित भइसकेको छैन। विकसित हुन जरुरी छ,’ उनले भने।

पोखरामा दोस्रो पटक आयोजना गरिएको महोत्सवको सुरुवात कवि लेखनाथ पौड्यालको सम्झनासँगै गरिएको थियो। पोखरामा जन्मिएर नेपाली साहित्यमा बृहद् योगदान दिएका पौड्यालललाई कवियत्री प्रभा भट्टराईले उनी रचित प्रतिनिधि कविता वाचन गर्दै सम्झाएकी थिइन्। ‘सत्य सन्देश’, ‘पिंजडाको सुँगा’, ‘तरुण तपसी’ आदि कविता पढेर उनले सुनाइन्।

कार्यक्रममा प्रमुख अतिथिको भूमिका आख्यानकार धु्रवचन्द्र गौतमले निर्वाह गरेका थिए। प्रमुख अतिथिको रुपमा मन्तव्य दिँदै गौतमले साहित्य महोत्सवले लेखक र पाठकबीच अन्तरसम्वादको मौका दिने र माहोल बनाउने गरेको बताए। उनले गम्भीर समालोचनको प्रवृत्ति हराउँदै गएकोमा भन्दै चिन्ता प्रकट गरे।

‘विदेशतिर एउटै लेखकको एउटै कृतिमा यहाँनिर उत्तरआधुनिकता छ र यहाँनिर छैन भनेर किटेर लेख्ने चलन छ। हाम्रोमा यस्तो गहिराई अझै विकसित भइसकेको छैन। विकसित हुन जरुरी छ,’ उनले भने।

कार्यक्रममा त्रिभुवन विश्वविद्यायलयका पूर्व उपकुलपति केदारभक्त माथेमाले मुख्य वक्ताको रुपमा ‘की नोट स्पिच’ दिएका थिए। करिब ५ मिनेट लामो मन्तव्यमा माथेमाले व्यक्तिगत रिसदेखि शिक्षा क्षेत्रको बेथितिबारे गर्विलो धारणा राखे।

कक्षाकोठा निरंकुश तवरले ज्ञान हस्तान्तरण गर्ने ठाउँ भएको बताउँदै उनले स्कुले तहदेखि विद्यार्थीलाई सामाजिक शिक्षामा प्रशिक्षित गर्नुपर्ने बताए। शिक्षा क्षेत्रमा राजनीतिको हस्तक्षेपप्रति असन्तुष्ट देखिएका माथेमाले विश्वविद्यायल राजनीतिको नांगो हस्तक्षेप हुने गरेको ठाउँ भएको र विश्वविद्यालय स्वभामानी प्राध्यापकका लागि बस्न नसक्ने ठाउँ भएको बताउँदै थुप्रै त्यस्ता प्राध्यापकले सेवा छाडेको बताए।

प्रकाशित: १४ माघ २०७३ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App