८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल–भारत दुःख, सुखका साथी : राजदूत राय

सिन्धुपाल्चोक- नेपालका लागि भारतीय राजतदूत रणजित रायले नेपालसँगको सम्वन्ध अटुट र अनन्त रहने बताएका छन्। उनले नेपाल–भारत सम्वन्ध राजनीतिक मात्र नरहेको समेत प्रष्ट पारे।

भारतीय दूतावासको आर्थिक सहयोगमा नवनिर्मित चौतारा बहुमुखी क्याम्पस भवनको शुक्रबार उद्‍घाटन गर्दै उनले भने, ‘नेपाल–भारतबीच दुःख, सुखको सम्वन्ध छ।’ द्विदेशीय सम्वन्धबारे चर्चा गर्दै राजदूत रायले दुःख पाउँदा होस् या सुख पाउँदा नेपाललाई भारत र भारतलाई नेपालै चाहिने बताए।

नेपाल–भारत सम्वन्ध राजनीतिक मात्र नरहेकोमा जोड दिँदै उनले भने, ‘हामीबीच प्राकृति, साँस्कृतिक सम्वन्ध पनि छ।’ राजनीतिक भाषण गरेर विवादमा आइरहने राजदूत रायले यो पटक आपसी सम्वन्ध र विकासबारे मात्र चर्चा गरे।

उनले नेपालको विकासका लागि यहाँको सरकारसँग भारतले सहकार्य गर्दै जाने बताए। भारतीय दूतावासको सहयोगमा अहिले नेपालमा बिजुली, पुल, सडक, स्वास्थ्य संस्था लगायत ५ सय ३० योजना सञ्चालनमा रहेको उनले जानकारी दिए।

दूतावासकै २ करोड ९८ लाख रुपैयाँ सहयोगमा निर्मित २५ कोठे आधुनकि क्याम्पस भवन उद्‌घाटन गर्दै उनले समुदायलाई हस्तान्तरण गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले तीन संकायसहित साढे दुई सय विद्यार्थी अध्ययनरत क्याम्पसलाई शैक्षिक हब बनाउने लक्ष्य रहेको बताउँदै राजदुत रेसँग छात्रवास भवन बनाउन थप आर्थिक सहयोगको लागि आग्रह गरे।

               

प्रकाशित: १४ माघ २०७३ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App