coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक खन्दै गरेको डोजर पल्टिँदा तीन जनाको मृत्यु

प्यूठान- प्यूठानको दाङबाङ–६, कोलबोटमा डोजर पल्टिँदा ३ जनाको ज्यान गएको छ। स्थानीय सडक खन्न गएको जेसीबी पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ९ जना घाइते भएका छन्।

गएराति बेलुका ९ बजे ना१ख ३३१९ नम्बरको जेसीबी दुर्घटना भएको हो। दुर्घटनामा दाङबाङ­ ६, का २० वर्षीय शेषकान्त आचार्य, वर्ष १२ का ज्ञानेन्द्र बहादुर गाहामगर र दाङबाङ­८, का १७ वर्षीय जेसीबी सहचालक दीपक गाहामगरको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका ६ जनालाई उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जीतसिंह राठौरले बताए। जेसीबी सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनायो।

प्रकाशित: १४ माघ २०७३ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App