coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जासुसी आरोपमा लेबनानमा दुई नेपाली पक्राउ

काठमाडौं- इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा रहेका नेपाली २ महिलासहित ५ जना पक्राउ परेका छन्। लेबनानी सञ्चार माध्यमका अनुसार २ लेबनानी,  एक प्यालेस्टाइनी पुरुष र  नेपाली २ महिलालाई बुधबार पक्राउ गरिएको हो। पक्राउ नेपाली महिलाले लेबनानमा घरेलु कामदारमा जाने नेपाली महिलालाई इजरायलका लागि जासुसीमा भर्ना गरेको बताइएको छ। 

पक्राउ परेकाहरूको बारेमा थप विवरण खुलाइएको छैन। उनीहरूले नेपालस्थित इजरायली दूतावाससहित इजरायली जासुसी संस्था मोसादलाई सूचना दिने गरेको समाचारमा उल्लेख छ। उनीहरूले नेपालबाहेक टर्की, बेलायत, जोर्डनस्थित दूतावासलाई समेत सूचना उपलब्ध गराएको बताइएको छ।

लेबनान र इजरायलको सीमा जोडिएको छ। यी दुई देशबीच पटक पटक युद्ध भइसकेको छ। मध्य पूर्वका अरब देशहरूले इजरायललाई देशको मान्यता दिएका छैनन्। 

सञ्चार माध्यमका अनुसार आरोपीले बयान क्रममा आफ्नो अपराध कबुल गरिसकेका छन्। मोसादले भने यो घटनाको पुष्टि वा खण्डन गरेको छैन।

प्रकाशित: १४ माघ २०७३ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App