८ वैशाख २०८१ शनिबार
राजनीति

‘माइक्रो म्यानेजमेन्ट छोडे नेपाल–भारत सम्बन्ध सुध्रिन्छ’

काठमाडाैं– नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारेका छन्।

भारतले नेपालको माईक्रो म्यानेजमेन्टबाट हात झिके मात्रै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुने बताए।  भट्टराईले भने, ‘नेपालले त इतिहासमै कहिल्यै पनि उपनिवेश भोगेको छैन, भारतले त भोगेको छ, त्यसैले उहाँहरुलाई स्वतन्त्रता भन्ने कुरा राम्रोसँग थाहा छ ?’

भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भइरहेको आरोपसमेत उनले लगाए। उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे। ‘चुनावको लागि सकारात्मक सहयोग गर्न एमाले जहिले पनि तयार छ,’ उनले भने।

सचिव भट्टराईले नेपाल–भारतवीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै आधुनिक युगमा द्विपक्षीय सम्बन्ध आपसी हितका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हरेक देशका आ–आफ्ना संवेदनशीलता हुन्छन्, नेकपा एमाले कुनै पनि मित्र राष्ट्रको संवेदनशिलतामाथि खेलवाड गर्दैन, र हाम्रो देशको संवेदनशीलतामाथि पनि कसैले खेलवाड गर्न पाईंदैन।’

बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै भट्टराईले जनसंख्या, भूगोल र आर्थिक सामाजिक रुपबाट मुलुक सानो ठूलो हुन सक्ने भए पनि मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधिनता, राष्ट्रियता जस्ता कुरामा कुनै देश सानो र कुनै देश ठूलो नहुने उनको भनाई थियो ।

उनले भारतले नेपालको माईक्रो म्यानेजमेन्टबाट हात झिके मात्रै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुने बताए।  भट्टराईले भने, ‘नेपालले त इतिहासमै कहिल्यै पनि उपनिवेश भोगेको छैन, भारतले त भोगेको छ, त्यसैले उहाँहरुलाई स्वतन्त्रता भन्ने कुरा राम्रोसँग थाहा छ ?’
 

प्रकाशित: १३ माघ २०७३ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App