उपमहानगरपालिका माग गर्दै सिडिअाे कार्यालय घेराउ

बिहिबार, १३ माघ २०७३, १४ : ०२ उपेन्द्र यादव

बारा– कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै बिहीबार व्यपारी र राजनीतिक दलका कार्यकर्ताहरु संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बारालाई घेराउ गरेका छन्। बारा उद्योग बाणिज्य संघको नेतृत्वमा  बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालयलाई घेराउ गरेका हुन्।

स्थानीय तह पुनःसंरचना आयोगले जिल्लाको सदरमुकाम तथा पुरानो कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनको लागि सरकारलाई प्रतिवेदन पेश नगरेको भन्दै उद्योग वाणिज्य संघ बाराको नेतृत्वमा व्यपारी र राजनितिक दलहरुले कलैयामा तीन हप्तादेखि बिरोध विभिन्न चरणमा विरोध प्रदर्शन गरिँदै आएका छन्।

कलैया नगरपालिकाभित्र रहेका पहिलादेखिको २५ वडाहरु मध्ये केही वडाहरुलाई छुटयाएर गढीमाई नगरपालिकामा मिलाएर जितपुर–सिमराको नामले उपमहानगरपालिका बनाउन स्थानीय तह पुनःसंरचना आयोगले सिफारिस गरेपछि कलैयामा आन्दोलन शुरु भएको छ।

स्थानीय तह पुनःसंरचना आयोगले गरेको अव्यवहारिक निर्णयले कलैयावासीहरु अन्यायमा परेको भन्दै त्यसलाई सच्याउनको लागि जिल्ला प्रशासन घेरा गर्नु परेको बारा उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद साहले बताए।

सरकारले कलैया नगरपालिकाको इतिहास मेटाउन चार वर्ष पहिला घोषणा गरिएको जिल्लाको उत्तरी भेगको गढीमाई नगरपालिकालाई उपमहानगरपालिका बनाउन खेलमा लागेको साहले आरोप लगाएका छन्।

३५ वर्ष भन्दा पुरानो  कलैया नगरपालिकालाई उपमहानगरपालिका बन्न नदिन आयोगले जिल्लाका एमाले र काँग्रेसका केही सांसदहरुसँग छलफल गरी नयाँ स्थानीय निकाय राख्न सुझावसहित सरकारलाई बुझाएको प्रतिवेदन अव्यवहारिक रहेको संघीय समाजवादी फोरमाका नेता प्रमोद गुप्ताले बताए।

पहिला बारामा छ वटा नगरपालिका र ६८ गाविसहरु रहेकोमा अहिले तयार पारिएको प्रतिवेदमा केही काँग्रेस र एमालेका केही सांसदहरुले आफनो पार्टीका आधार क्षेत्र रहेको गाविसहरुलाई एक ठाउँमा राख्नको लागि अव्यवहारिक तरीकाले स्थानीय निकायहरु गठन गर्न लगाएको विरोधकर्ताहरुको आरोप रहेको छ।

आयोगले हालै एउटा सिमरा–जीतपुर उपमहानगरपालिका, कलैया,कोल्वी,महागढीमाई,सिम्रौनगढ र निजगढ गरी पाँचवटा नगरपालिकासहित सातवटा गाउँपालिका गरी १३ वटा स्थानीय निकाय राख्ने प्रतिवेदन सरकारलाई बुझाएको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

सिगुले पाए एनसेलको दुई लाख

सिगुले पाए एनसेलको दुई लाख

एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्रकुमार सिगुलाई बिहीबार एक कार्यक्रम गरी दुई लाख नगद...

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

Ncell Footer Ad