७ वैशाख २०८१ शुक्रबार
राजनीति

एक हप्ताभित्रै निर्वाचनको मिति घोषणा हुन्छः देउवा

दाङ–नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले स्थानीय निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । अवको एक हप्ताभित्रै निर्वाचनको मिति घोषणा हुने र एकबर्ष भित्रमा स्थानीय निर्वाचन हुने दाबी गरेका देउवाले दाङका नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए ।

चुनाव जित्ने गरि जिल्ला तहमा सकृयता बढाउन निर्देशन दिएका उनले कार्यकर्ता भेटघाटमा भने ‘स्थानीय निर्वाचनको तयारीमा कम्मर कसेर लाग्नुस्, कांग्रेसले स्थानीय निर्वाचन जितेको हुनुपर्छ, त्यहिअनुसार माहोल बनाउन लाग्नुस् ।’

मुलुकको निकासको प्रमुख कार्यभार कांग्रेसकै काँधमा रहेको भन्दै उनले यसका लागि स्थानीय तहको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुनुपर्ने बताए । ‘मुलुकको कार्यभार कांग्रेसको काँधमा छ,’ उनले भने ‘मुलुकलाई निकास दिनका लागि पनि स्थानीय निर्वाचनमा कांग्रेसले जितेकै हुनुपर्छ ।’

पार्टीभित्रको आन्तरिक बेमेलकाकारण पार्टीले पराजय भोग्ने भन्दै उनले जितका लागि सबै कांग्रेसीबीच एकता हुनु जरुरी रहेको बताए । ‘तपाईहरु सबै मिलेर चुनावी तयारीमा एकजुट हुनुस्,’ उनले भने ‘आन्तरिक बेमेलले पार्टीले हार बेहोर्छ ।’ यसैबीच सभापति देउवाले नयाँ संविधान कार्यान्वयनमा मुलुक अघि बढिसकेको बताएका छन् ।

नेपाल प्रेस युनियनले बिहीबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपाली राजनीतिमा देखिएको गतिरोध तत्कालै अन्त्य हुने दावी गरे । सबैदलहरु निर्वाचनमा सहभागी हुनेगरि माहोल बन्दै गइरहेको भन्दै उनले भने ‘यो गतिरोध अव धेरै लामो समयसम्म चल्दन, चाँडै अन्त्य हुन्छ ।’

यस्तै पार्टी उपभासपति मनोनयनको बिषयमा उनले पार्टीभित्रको आन्तरिक गृहकार्यपछि यसको टुंगो लाग्ने बताए । नेता खुमबहादुर खड्कालाई उपसभापति मनोनयन नगर्ने दाउमा रहेको भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने ‘यो मेरो व्यक्तिगत ईच्छाको कुरा होइन, पार्टीको निर्णयले जे भन्छ, त्यहि हुने हो ।’

प्रकाशित: १३ माघ २०७३ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App